निर्वाचन आयोगले न्यायाधीशहरूको नियुक्ति रोकिदियो
काठमाडौँ । न्यायपरिषदले ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्नको लागि सहमति दिन निर्वाचन आयोगलाई पत्राचार गरेकोमा आयोगले परिषदको आग्रह अस्वीकार गरेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू भएको भन्दै न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्राचार गरेको हो ।
न्यायपरिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिबारे परिषद्मा पत्राचार गरेको थियो । त्यसको जवाफमा आयोगले परिषद्लाई न्यायाधीश नियुक्त नगर्न पत्राचार गरेको हो । केही साता अघिमात्रै लोकसेवाको प्रतिस्पर्धाबाट उत्तीर्ण जिल्ला न्यायाधीशहरू नियुक्त भएका थिए । उनीहरूको भने पदस्थापनाको काम भइरहेको छ । न्यायपरिषद्ले परीक्षा बाहेक ज्येष्ठताका आधारमा पनि न्यायाधीश नियुक्ति गर्न आयोगमा पत्राचार गरेको थियो ।
तर आयोगले ४ माघदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै त्यो अवस्थामा न्यायपरिषद्बाट न्यायाधीश नियुक्ति गर्न नमिल्ने निर्णय गरेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न, सम्हाले प्रहरी कमान्ड
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृहसचिव रामेश्वर दंगालले मन्त्रालयमा आयोजित कार्यक्रममा कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । कात...
अब नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क
काठमाडौँ । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक र गैर आवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्क राखिने भएको छ । नेपालमा रहेका गैर आवासीय नेपाली एनआरएनए र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली...
आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
काठमाडौँ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने...
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेसँगै अख्तियारले विशेष अदालतमा मुद्दा दायर ग...
खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ । गैर न्यायिक सडक तथा खोलानदी, मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । बिहीबार खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै उनीहरुले माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् ।...
नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते
काठमाडौँ । नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहको स्वागतका लागि आएका समर्थकहरू विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् । बालेन चुनाब प्रचारका लागि पश्चिम नेपाल जाँदा उनका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा वि...



