निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ
काठमाडौँ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत बजेटलाई परिमार्जन गरेर वृद्धि गरेको छ । आयोगले निर्वाचनका लागि ७ अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको थियो, तर अर्थ मन्त्रालयले यसमा लगभग ४० प्रतिशत कटौती गर्दै ४ अर्ब ९६ करोड मात्र स्वीकृत गरेको थियो । यसबाट असन्तुष्ट आयोगले सरकारसँग पुनरावलोकनका लागि पत्राचार गरेको थियो ।
पछिल्लो समयमा अर्थ मन्त्रालयले १ अर्ब ७७ करोड थपेर ६ अर्ब ७३ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले मितव्ययी तरिकाले निर्वाचन खर्च गर्ने रणनीति लिएको छ।
आयोगले ४९ वटा शीर्षकमा बजेट खर्च गर्ने योजना बनाएको छ र ७७ वटा जिल्ला निर्वाचन कार्यालयलाई विनियोजित बजेट पठाइसकेको छ। निर्वाचनका लागि ३७ वटा सामग्री जिल्ला निर्वाचन कार्यालयलाई खरिदको जिम्मा दिइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रसुवाको भीषण बाढीप्रति नाडाको दुःख व्यक्त, प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा जनजीवन, पूर्वाधार तथा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको व्यापक क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ना...
नेपाली बजारमा केराको हाहाकार, अभावसँगै मूल्यमा भारी वृद्धि
काठमाडौँ । नेपाली बजारमा हाल केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैध रूपमा भित्रिने केरालाई व्यवसायीहरूले नै बहिष्कार गरेपछि बजारमा यस्तो अवस्था सिर्जना भएको हो । आन्तरिक उत्पादन निकै कमजोर रहेको र अवैध रूपमा आउने केरा जनस्वास्थ्यका लागि ह...



