फागुन २१ को निर्वाचन लक्षित आचारसंहिता मस्यौदा जारी : नियम मिच्नेको नाम सार्वजनिक गरिने
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि जारी गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र मितव्ययिता कायम गर्दै भयमुक्त वातावरण सुनिश्चित गर्न आयोगले यो कदम चालेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी तयार पारिएको यस मस्यौदामा १० वटा परिच्छेद र पाँच वटा अनुसूचीहरू समावेश गरिएका छन् ।
नयाँ आचारसंहिता लागू भएसँगै यसअघिको निर्वाचन आचारसंहिता २०७९ खारेज हुने आयोगले जनाएको छ । यस पटकको आचारसंहितामा केही नयाँ र कडा प्रावधानहरू समेटिएका छन्, जसअन्तर्गत आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा निकायको नाम सार्वजनिक गरिने व्यवस्था गरिएको छ ।
यस्तै, आचारसंहिता पालना र अनुगमनमा विद्युतीय माध्यम वा सूचना प्रविधिको उच्च उपयोग गर्ने रणनीति आयोगले लिएको छ । मस्यौदामा राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता
सर्लाही । मधेश प्रदेशसभामा खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो । सचिवालयका अनुसार पुस ५ गते आज बिहान ११ बजेदेखि दि...
नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने ओलीको दाबी
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले नेपालमा हुने आगामी निर्वाचनको परिणाम बंगलादेशको जस्तै आउने दाबी गरेका छन् । उनले बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन् । काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५ जाने...
हामी निर्वाचन कुरेर बसेका छौँ, सरकारको गतिविधिले आशंका जन्माएको छ : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारको गतिविधि हेर्दा तोकिएकै समयमा निर्वाचन हुनेमा आशंका जन्मिएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका वार्ड नं ४ मा आज स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्...



