मङ्गलबार, १२ साउन २०८३
नेपाली

पिउने पानीको मूल्य बढाउने पानी उद्योग महासंघको निर्णय

Main News Image

काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । महासंघका अनुसार, कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र ढुवानी खर्चको बढोत्तरीले पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न असम्भव भएको छ ।

हालका कच्चा पदार्थ—जस्तै बोतल, क्याप, र्‍यापिङ रोल, जार र जार क्याप—लगायतका सामग्रीको मूल्यमा करिब ४० प्रतिशतको वृद्धि भएको आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसका साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी खर्च पनि बढेको जनाइएको छ । विश्व बजारमा आएको अस्थिरता, विशेषतः इरान–इजरायल र इरान–अमेरिका सम्बन्धका कारण नेपालका पानी उद्योगहरू प्रत्यक्ष प्रभावित भएको महासंघले जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

सुन एकैदिन तोलामा १० हजार रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा १० हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १८५...

सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्दै, आज प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । 

शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ ह...

अमेरिकी डलरको भाउ १५२ रुपैयाँ नाघ्यो, युरो र पाउण्ड पनि महँगो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा कायम भएको छ । पछिल्लो समय डलरको...

सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

चाँदीको मूल्य तोलामा १००...

नेप्से १० अङ्कले घट्यो, कारोबार ५ अर्ब नाघ्यो !

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २,६१०.६३ मा झरेको छ । ३२३ कम्पनीका करिब १ करोड ३ लाख कित्ता शेयर कारोबार हुँदा कूल ५.०१ अर्ब रुपैयाँको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये होटल, उत्पादन र व्यापार बढ्दा बाँकी १०...

सुन्तला बेचेर कर्णकुमारीले बनाइन् पक्की घर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थालेको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ ।  उमेरले ७२ वर्ष पुगेकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको रु...