एलिना चौहान र जिके पोख्रेलको स्वरमा नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक
काठमाडौँ । जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक भएको छ । नृत्य प्रधान गीत ‘इन्दिरा’ मा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ । म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन् । प्रकाश खरेलले सङ्गीत संयोजन र मिक्सिङरमास्टरिङ गरेको गीत म्युजिक नेपालकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
कोरियोग्राफीमा जमेका नृत्यनिर्देशक राजाराम सिम्खडाले नृत्य निर्देशनमा देखाएको कलाले दर्शकलाई स्वस्फूर्त ‘नाचौँ नाचौँ’ बनाउँछ । म्युजिक भिडियोमा सर्वाधिक रुचाइएका कलाकारद्वय विमल अधिकारी र स्मारिका ढकालको अभिनय कला र नृत्य दुवैमा कौशल खुलेको देख्न सकिन्छ । अनुभवी छायाँकार राजेश घिमिरेले छायाङ्न गरेको म्युजिक भिडियोको सम्पादन र कलरिङ दीपक विष्टले गरेका हुन् ।
‘लगभग डेढ दशक कला क्षेत्रमा थकाई मारेर प्राध्यापन र पत्रकारितामा रमाउन र हराउन बाध्य थिएँ, प्राध्यापन कर्म छोडेपछि गीत लेखन र कम्पोजमा समय निस्कियो । तिनैमध्येको एक ‘जली’ र नृत्यप्रधान गीत हो,’ पोख्रेलले थपे, ‘गीतको पहिलो स्थायीको ‘टुक्का’ सुन्न थालेपछि दर्शक अन्तिमसम्मै सुन्न लालायित हुनुहुनेछ भन्ने मेरो विश्वास हो ।’
‘साङ्गीतिक बजारमा आइरहेका आम गीतभन्दा फरक स्वादको हुनु, ‘म्युजिक इन्डस्ट्रीका एक से एक हस्तीले गायन र अभिनय गर्न स्वीकार्नु र म्युजिक नेपाल जस्तो ‘अर्काइभ च्यानल’ ले अपलोड गर्नु नै ‘इन्दिरा’को शक्तिशाली पाटो हो ।’ पोख्रेलले भने, ‘दुईजना पात्र भट्टराई र ‘इन्दिरा ९चन्द्रमारस्मितारबबितारसरस्वती०’ बीचको भेटघाटपछि मिलनसम्मको कथालाई यस म्युजिक भिडियोमा समेटिएका छ ।’
गीता भुसाल र बाबुराम काफ्लेले उत्पादन गरेको भिडियोका निर्देशक नरेन्द्रराज भट्टराई हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार पारिवारिक सदस्य, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूको उपस्थितिमा हिन्दु परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो । आर्यघाटमा भ...
अमेरिकाबाट नेपाल फर्किंदै धुर्मुसले भने-'न्याय मिल्ने आशा बोकेर मातृभूमि फर्किएको छु'
काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिकाबाट नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि फाइल बोकेर उभिएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले न्याय मिल्ने आशा बोकेर आफू मातृभूमि फर्किएक...
७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...
गायक सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
काठमाडौँ । गायक सानुबाबु महर्जनको नेपाल भाषाको नुगः या मिखां र नेपाली भाषाको तिम्रो याद गरी दुई एल्बम गत हप्ता ज्यापु प्रज्ञा भवनमा ललितपुरमा एक समारोहका बिच विमोचन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उक्त दुई एल्बमको विमोचन ग...
आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक !
काठमाडौँ । गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको यो गीतले सार्वजनिक भएसँगै दर्शक-श्रोताको ध्यान तानेको छ । यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै...
‘बा : एक योद्धा’ मा एकसाथ देखिँदै झरना र सुहाना
काठमाण्डौँ । अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् । फिल्म ‘बाः एक योद्धा’मा यी दुवै आमाछोरीको भूमिकामा देखिनेछन् । विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रमा रहेका कलाक...



