शनिबार, १४ कात्तिक २०८३
नेपाली

मुलुक निर्वाचनतर्फ अघि बढ्यो : मन्त्री खरेल

Main News Image

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् । आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको बताए ।

उनले भने,‘पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ । सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा होमिएका छन्, समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउँदैछन्, मुलुक निर्वाचनमा अगाडि बढीसकेको छ ।’

उनले नयाँ दलहरूबीच भएको एकता र सहकार्यले पनि निर्वाचनको माहोल सिर्जना गरेको बताए । मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढ्ने बताए ।

mediabaaji add

सम्बन्धित खबर

माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको एकता अन्तिम चरणमा

काठमाडौँ । वामपन्थी घटकबीच एकता गर्ने प्रयास तीव्र भइरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच पार्टी एकीकरणको प्रारूपमा सहमति नजिक पुगेको छ । पार्टीको नाम, नीति तथा नेतृत्वबारे दुवै पक्षबीच करिब सहम...

जेन-जी विद्रोहका फौजदारी मुद्दा फिर्ता लिन कार्यदल बनाउने गृहमन्त्री गुरुङको घोषणा

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै जेन–जी आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने प्रक्रिया अगाडि बढाउने घोषणा गरेका छन् । मन्त्रालयमा पदभार सम्हाल्दै उनले यस विषयमा अध्ययन गरी ठोस सिफारिस गर्न एक विशेष क...

अदालतले न्याय दिएकाले नेपाल फर्कन पाएँ, म हिन्दु हुँ तर सबै धर्मको सम्मान गर्छु : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विगतदेखि नै न्यायालयले न्याय दिँदै आएको र अहिले पनि अदालतकै कारण नेपाल फर्कन सफल भएको बताएका छन्।

काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजि...

सुकुम्बासीको लगत नेपाली सेनालाई नदिन हर्क साम्पाङको अनुरोध

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै सेना लगत माग्ने निकाय नभएको कारण पालिकाहरूलाई लगत नदिन अनुरोध गरेका हुन् ।

उनले लेखेका...

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् । कतार...

काँग्रेस महाधिवेशन धादिङ संयोजक थापाको राजनैतिक पृष्ठभूमि!

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले धादिङमा संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ। महाधिवेशनको तयारी तथा आवश्यक परिचालनका लागि देउवा समूहअन्तर्गत नेपाली कांग्रेस धादिङ प्रतिनिधिसभा क्षेत्...