आइतबार, १५ कात्तिक २०८३
नेपाली

खाना पकाउने ग्यास मागभन्दा २५ बुलेट बढी आयात भइरहेको निगमको दाबी

Main News Image

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले बजारमा खाना पकाउने ग्यासको अभाव नभएको स्पष्ट पारेका छन् । पछिल्लो समय ग्यास अभाव हुन लागेको भन्दै चलेको हल्ला निराधार रहेको बताउँदै उनले उपभोक्तालाई नआत्तिन आग्रह गरेका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भट्टले ग्यासको आपूर्ति प्रणाली सहज र पर्याप्त रहेको बताए ।

उनले दैनिक उपभोगको माग धान्न सक्ने गरी नियमित रूपमा ग्यास आयात भइरहेको दाबी गरेका छन् । भट्टका अनुसार नेपालमा हाल दैनिक सरदर ९० बुलेट ग्यास करिब १ लाख १४ हजार सिलिन्डरको माग छ। तर, पछिल्ला दिनहरूमा मागभन्दा बढी परिमाणमा इन्डियन आयल कर्पोरेसन आईओसी बाट ग्यास लोड भइरहेको छ ।

उनले शनिबार ११८ बुलेट करिब १ लाख ४९ हजार ५ सय सिलिन्डर, सोमबार ११५ बुलेट र मंगलबार १३२ बुलेट ग्यास लोड भएको उल्लेख गरे । तीमध्ये केही बुलेट नेपाल भित्रिसकेको र केही बाटोमा रहेका छन् । आपूर्ति सहज रहेकाले अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उनले उपभोक्तालाई आग्रह गरेका छन् । साथै, आसन्न निर्वाचनको अवधिमा पनि हालकै परिमाणमा ग्यास आपूर्ति निरन्तर रहने निगमले स्पष्ट पारेको छ ।


mediabaaji add

सम्बन्धित खबर

पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र

काठमाडौँ । सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र दिने भएको छ । अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यसरी योगद...

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैया...

नारायणगढ–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने भएको छ । एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा...

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ र...

नेशनल लाइफ इन्स्योरेन्सको तीनदिने ‘Employee Skill Enhancement Program’ पोखरामा सम्पन्न

पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीको सीप, दक्षता र प्रविधिगत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तीनदिने Employee Skill Enhancement Program पोखरामा सम्पन्न गरेको छ । ‘Transitioning to the...

हिमालनय बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

बैंकले सेयरधनी जीत कुमार श्रेष्ठको २० हजार ४८२.०८ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २...