तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
सिरहा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।
तराई मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा तीन वर्षभित्र सक्ने गरी सम्झौता भएको भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै रहेको थियो। मन्त्री घिसिङले शुक्रबार पुल निर्माणस्थलको निरीक्षण गर्दै स्थानीयले वर्षौंदेखि भोग्दै आएको जोखिम, सास्ती र असुरक्षा लाई नजिकबाट अनुभूत गरेका थिए। उनले स्वयं डुङ्गा चढेर नदी पार गर्दै स्थानीयको दैनिक कष्टलाई प्रत्यक्ष अनुभव गरे।
निरीक्षणपछि मन्त्री घिसिङले आज सामाजिक सञ्जालमा लेख्दै आफ्नो मन भारी भएको उल्लेख गरेका छन्। “विसं २०६८को जेठमा तीन वर्षमै बन्ने गरी ठेक्का सम्झौतासहित सुरु गरिएको यो पुल आजसम्म अधुरो छ र यसको सबैभन्दा धेरै मार स्थानीय बासिन्दाले बेर्होनु परिरहेको छ”, उनले अगाडि लेखेका छन्, “अनुगमनका क्रममा स्थानीय बासिन्दाले भोग्दै आएको दैनिक सास्ती, जोखिम र आक्रोश प्रत्यक्ष देख्दा मन भारी भयो। स्थानीयका वर्षौंदेखिका कष्ट कति चुनौतीपूर्ण छन् भन्ने गहिरो अनुभूति गरायो ।”
उनले स्थानीयको तत्काल आवतजावत सहज बनाउन अस्थायी विकल्पबारे पनि विस्तृत छलफल भएको र आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए। साथै, प्राविधिक पक्षमा उठेका प्रश्नबारे सम्बद्ध निकायहरू जिम्मेवार हुने र मन्त्रीस्तरीय अनुगमन निरन्तर चलिरहने स्पष्ट पारे।
एक्सप्रेस
सम्बन्धित खबर
दसैं बिदामा पनि विशेष अदालत खुला रहने
काठमाडौँ । विजया दशमी, २०८३ को अवसरमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म विशेष अदालत बन्द रहने भएको छ। यद्यपि, केही अत्यावश्यक न्यायिक कार्यका लागि भने अदालत खुला रहनेछ। विशेष अदालतले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐ...
फेरी घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सुन आज एकैदिन तोलामा दुई हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
...प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बैठकका निर्णयहरू सार्वजनिक गर्दै विभिन्न महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार नेपाल र...
ओरालो लाग्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । नेपाल सुनचाँदी व्यवसायी मह...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ मंगलबार बाँडफाँट हुने
काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले मंगलबार बिहान ११ बजे क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँटको कार्यक्रम...
१० अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४५ करोडको कारोबार
काठमाडौँ । बुधबार सेयर बजार १०.३० अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६४८.९० अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २१ अंक बढेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएक...



