सोमबार, ०९ कात्तिक २०८३
नेपाली

कांग्रेस विभाजनले एमालेमा भूकम्प, गुण्डु रातभर अनिदो

Main News Image

काठमाडौँ । देशको सबैभन्दा पुरानो र ठूलो दल नेपाली कांग्रेस विभाजनले अर्को प्रमुख दल नेपाली कांग्रेसमा हलचल मच्चिएको छ । कांग्रेसमा आफूनिकट पक्षले आधिकारिकता पाउने आशा र विश्वासमा बसेको एमाले नेतृत्व आफूले चाहेअनुसारको परिणाम नआएपछि गएराती निदाउन सकेन ।

कांग्रेसको पुरानो नेतृत्वले आधिकारिकता पाउने र आगामी प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गरेरसमेत जान सकिने तानाबाना बुनेको एमाले नेतृत्व निर्वाचन आयोगले हिजो गरेको निर्णयबाट झस्किएको छ । हिजो एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘कांग्रेसमा महाधिवेशन बोलाउने थिति होला नि रु’ भन्दै प्रशन गर्नु र कांग्रेसको नयाँ नेतृत्वलाई ‘सडकबाट घोषणा गरिएको’ टिप्पणी गर्नुबाट एमालेको नियत र चाहना प्रष्ट झल्लिन्थ्यो ।

कांग्रेसको नयाँ नेतृत्वले मान्यता पाएपछि सघन छलफलमा जुटेको एमालेको अघोषित हेडक्वार्टर गुण्डु हिजो राती १ बजेसम्म अनिदो बस्यो । प्रत्यक्षतर्फका एमाले उम्मेदवार तय गर्न आज सचिवालय बैठक बोलाएको एमाले हिजो अचानक सम्भावित सहकार्यको सम्भावना टुटेपछि छलफलमा जुटेको हो ।

mediabaaji add

सम्बन्धित खबर

मोहन बस्नेत भन्छन्_ गगनसँग सति जान सकिँदैन, अब अर्को पार्टी बनाउनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रूपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन्। इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस बलियो नभए मुलुक दुर्घटनामा जाने बताए ।

उनले भने, ‘प्रदेश...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी सङ्घका पद...

अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसिमा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले २०८२ कार्तिक १ मा सिंगापुरका महामहिम राष्ट्रपति थार्मा...

आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बिहान साढे ११ बजेदेखि सुरु हुने बैठक दुई दिनसम्म सञ्चालन हुने पार्टीले जनाएको छ । बैठकमा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यक्रम तथा महाधि...

गगन नेतृत्वको कांग्रेसले समानुपातिक सूची संशोधन गर्ने

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ । बिहीबार ललितपुरमा बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवशेनले गरेका निर्णयलगाएत बिषयमा निर्वाचन आयोगमा अद्य...

कांग्रेस घोषणा नभएर व्यवहारमै परिवर्तन : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नीतिगत रूपान्तरणसहित नेतृत्व परिवर्तन भएको उल्लेख गर्दै त्यसले देशलाई निकास दिने बताएका छन् । पार्टीका तर्फबाट विदेशमा रहेका नेपालीलाई सन्देश दिँदै उनले परिवर्तन घोषणा...