बिहिबार, १२ कात्तिक २०८३
नेपाली

आयोगले उम्मेदवारहरूलाई भन्यो : निर्वाचन खर्च सार्वजनिक गर्नू

Main News Image

काठमाण्डौँ । निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण तथा सो विवरण सार्वजनिक गरेको जानकारी गराउन अनुरोध गरेको हो ।

आफ्नो जिल्लामा रहेको प्रदेशरजिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेवसाइट राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा, आमसञ्चार माध्यम पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि वा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, ईन्स्टाग्राम आदिमा आफ्नो निर्वाचन विवरण सार्वजनिक गर्न आयोगको अनुरोध छ ।

निर्वाचन खर्चको विवरण नबुझाउने तथा सार्वजनिक नगर्ने एवं निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसरी सार्वजनिक गरेको विवरणको प्रमाणसहित लिखित जानकारी आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा नदिने राजनीतिक दल तथा उम्मेदवारको हकमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ३१ बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

सातै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस, नयाँ गठबन्धनको तयारी

काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। एमालेसँगको समीकरण तोडेर नयाँ राजनीतिक गठबन्धन निर्माणको दिशामा अघि बढ्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।

कांग्रेसका एक पदाधिकारीले एमालेसँ...

उज्यालो नेपालसहित तीन पार्टीबिच एकताको तयारी

काठमाडौँ । कुलमान घिसिङको साथ रहेको भनिएको उज्यालो नेपाल पार्टीसहित तीन पार्टी एकीकरणबारेको गृहकार्यमा जुटेका छन् । उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकता गर्नेगरी छलफलमा जुटेका हुन् । नागरिक...

राष्ट्रिय सभाको १९औँ अधिवेशन शुरु हुँदै, सिंहदरबारमा बैठक सञ्चालनको तयारी

काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन आज बिहान ११ बजेदेखि शुरु हुँदैछ। जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवन जलेर ध्वस्त भएकाले संघीय संसद् सचिवालयले यसपटक सिंहदरबारमा बैठक सञ्चालनको विशेष तयारी गरेको छ ।

अधिवेशनको पहिलो बैठकमा अध्...

कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताएका छन् । उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्...

आन्तरिम सरकार खारेज गरेर सर्वपक्षीय सरकार गठन गर्न विप्लवको माग

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयो...