निर्वाचनका लागि आयोगले खोज्यो शान्ति, सुरक्षा र स्रोतसाधनको सुनिश्चितता
काठमाडौँ । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनको लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गर्नुपर्ने बताएका छन् । शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको निर्वाचनको तयारी सम्बन्धी छलफलमा उनले अहिलेको अवस्थामा निर्वाचनमा जाने बाहेक अरु विकल्प नभएको भन्दै त्यसको लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिलेको अवस्थामा निर्वाचनमा जाने बाहेक हामीसँग अरु विकल्प छैन। निर्वाचनमा जानको लागि के के पूर्वसर्तहरु चाहिन्छ भन्दा सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनको लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गर्नुपर्यो। दोस्रो स्रोत र साधनको सुनिश्चितता गर्नुपर्यो। निर्वाचनको प्रक्रियामा सहजता छ र निर्वाचन कुनै पनि हालतमा विथोलिँदैन् र कसैले पनि असुरक्षाको भावना बोकेर निर्वाचन स्थलमा पुग्नु पर्दैन भन्ने कुरा सरकारले विश्वास दिलाउन सक्नुपर्छ।’
यस्तै, उनले संविधानभित्र रहेर निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आवधिक निर्वाचनमा पुग्न नसक्ने र निर्वाचन नगरि नहुने अवस्था भएको भन्दै यस्तो अवस्थामा आवधिक निर्वाचन होईन अग्रिम र आकस्मिक निर्वाचन गर्ने निर्णय अनुसार अगाडि बढेको बताए।
एक्सप्रेस
सम्बन्धित खबर
गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार
काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर उपलब्ध गराएको भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले छुट्टै मोबाइल फोन र सिम...
कांग्रेस सभापतिमा गगन थापासहित ३ जनाको उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको छ। असोज २२ गते हुने निर्वाचनका लागि मुख्य पद सभापतिमा वर्तमान सभापति गगनकुमार थापासहित तीन जनाको आधिकारिक उम्मेदवारी परेको छ...
बालेन र ओली एकैपटक झापा जाँदै
काठमाडौँ । झापा ५ मा उम्मेदवार रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह दुवै आज झापा जाँदैछन् । दुवैकाई आआफ्ना पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेकोले दुवैको एकैदिन झापा यात्रालाई चासोपूर्वक हेरिएको...



