उच्च पदस्थ व्यक्तिको धमाधम बयान लिँदै आयोग,आज आइजिपी कार्कीको पालो
काठमाडौँ । जेनजी विद्रोहको जाँचबुझ गर्न गठित आयोगले उच्च पदस्थ व्यक्तिहरुलाई बयानका लागि बोलाउन थालेको छ । आयोगको म्याद सकिन लाग्दा उच्च पदस्थ व्यक्तिहरुलाई बयानमा बोलाउन थालेको हो। भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोगले शुक्रबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएको छ । बिहीबारदेखि नै बयान दिन पुगेका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणी दुवाडीको बयान सकिएकै छैन। उनीहरुलाई आज पनि बोलाउने तयारी छ ।
पूर्वगृहसचिव गोकर्णमणी दुवाडी र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर यसअघि काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान लिइएको थियो। मुख्यसचिवले भने बयान दिइसकेका छन् । सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले पनि बयान दिइसकेका छन् । नेपाल प्रहरीको ओम राना, सशस्त्र प्रहरीका एसएसपी राजेश उप्रेति तथा काठमाडौ परिसरका तत्कालीन एसएसपी विश्व अधिकारीले पनि बयान दिइसकेका छन् । सेनाले बयानका लागि कसैलाई पनि नपठाउने भएको छ भने सशस्त्र प्रहरीले पनि आइजीपी आफै उपस्थित भएपछि तलका कर्मचारीलाई जान नपर्ने जनाएको छ ।
जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्कीलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको र कमाण्ड सम्हालेको अवस्थामा आयोगले बयान लिन बोलाएको हो। घटना हुँदा एआईजी रहेका कार्की कात्तिक २७ गते प्रहरी महानिरीक्षक छन्। यी तीन जनाको बयान सकिएपछि पूर्वगृहमन्त्री रमेश लेखक र त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने आयोगको तयारी छ। उनीहरूको बयान अर्को साता गर्ने तयारी रहे पनि आयोगले अहिलेसम्म दुवै जनालाई पत्र भने पठाइसकेको छैन।
यससँगै आयोग प्रतिवेदनलाई अन्तिम रुप दिनतर्फ लाग्नेछ। असोज ९ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित ३ सदस्यीय आयोगलाई तीन महिनाको समयसीमा तोकिएको छ। आयोगले प्रतिवेदन बनाउन ढिलाई गरेमा वा बयान नसकिएमा आयोग म्याद थप गर्ने तयारी समेत भएको छ । तत्कालिन गृहमन्त्री रमेश लेखकले आयोगमा बयान दिन जाने बताइसकेका छन् भने तत्कालीन प्रधानमन्त्री केपी ओलीले नजाने बताएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले २०८२ पुस मसान्तसम्ममा १५ औं महाधिवेशन गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौमा उपलब्ध जिल्ला सभापति तथा पूर्व सभापतिहरुसँगको...
प्रचण्डको सचिवालयले भन्यो : कुनै दलसँग एकता टुङ्गो लागेको छैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले हालसम्म कुनै पनि दलसँग एकता गर्ने निर्णय नभएको स्पष्ट पारेको छ । हाल माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी सहितका दलहरूसँगक...
आजदेखि कांग्रेसको विशेष महाधिवेशन
काठमाण्डौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आज पुस २७ गते विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदै छ । पुस २७ र २८ गते हुने विशेष महाधिवेशन काठमाडौँस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे उद्घाटन हुने तय भएको छ ।
रास्वपाद्वारा समानुपातिक उम्मेदवारका लागि आवेदकको नाम सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फ उम्मेदवार हुन इच्छा व्यक्त गर्दै आवेदन दिएकाहरुको नामावली सार्वजनिक गरेको छ । रास्वपाले सातवटै प्रदेशमा प्राप्त नामावली फेसबुक पेजमार्फत् सार्वजनिक गरेको हो ।
सार्वजनिक नामावलीअन...
कांग्रेसको विशेष महाधिवेशनमा चुनाव भोलि बुधबार हुने
काठमाण्डौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वका लागि मंगलबार मात्रै चुनाव हुने भएको छ । काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्त्रसत्र जारी रहेको छ। बन्दसत्रमा सोमबार मध्याह्नदेखि निर्वाचन प्रक्रिया सुरु...
बदलिएको कांग्रेसले बहुमत ल्याउँछ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार पार्टीका नयाँ सदस्यहरूलाई स्वागत गर्दै उनले भने, देशभर कांग्रेसका पक्षमा माहौल बढ्दै गएको छ, आगामी एक हप्ताभित्...



