मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

पुँजी बजार ४५ अकंले बढ्योः बैंक तथा वित्तीय क्षेत्रमा चमक !

Main News Image

काठमाडौँ । शेयर बजारमा लगातार उतार–चढाव जारी रहेको छ । मंगलबार बजार झिनो अंकले घटेपनि बुधबार सुधार देखिएको छ । आज बढेपनि हालको उतार चढाब विशेष गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी कडाइको असर मानिएको छ ।

अवैध लगानी नियन्त्रणका लागि ल्याइएका नीतिहरू स्वभावमा आवश्यक र सकारात्मक भए पनि कार्यान्वयन शैलीले बजारमा त्रास सिर्जना गरेको छ। बैंकिङ कारोबारमा कडाइ, निगरानी विस्तार र कानुनी कारबाहीको संकेतले ठूला लगानीकर्तालाई सतर्क बनाएको विश्लेषकहरू बताउँछन् ।

यसैबीच केही व्यवसायी पक्राउ पर्नु, अनुसन्धानका विषय सार्वजनिक हुनु र गोप्य प्रक्रियाहरू खुला रूपमा प्रस्तुत हुनुले बजारमा नकारात्मक सन्देश प्रवाह गरेको छ । जब अनुसन्धान प्रक्रिया नै सार्वजनिक बहसको विषय बन्छ, त्यसले केवल दोषीलाई मात्र नभई निर्दोषलाई पनि त्रसित बनाउँछ ।

पुँजी बजार केवल आर्थिक सूचक मात्र नभई समग्र अर्थतन्त्रमा विश्वासको आधार पनि हो। यही अस्थिरताले अर्थतन्त्रको अन्य क्षेत्रमा पनि मनोवैज्ञानिक प्रभाव पार्न सक्ने विशेषज्ञहरू चेतावनी दिएका छन् । तर, सरकारको १०० दिने कार्यसूचीमा पुँजी बजारसम्बन्धी ठोस योजना नसमेटिनु लगानीकर्ताबीच अनिश्चितता र असुरक्षा बढाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

विदुरको बेत्रावतीमा त्रासदी : बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव फेला

नुवाकोट । रसुवाको माथिल्लो क्षेत्र भोटेकोशी हुँदै आएको त्रिशूली नदीको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिका १०, बेत्रावतीमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। बाढीले पुरेको एउटै घरभित्र लेदोले थिचिएको अवस्थामा २२ जनाको शव फेला परेको छ ।

...

वीरगञ्ज नाकाबाट चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास एलपिजी, एभिएसन टर्बाइन फ्युल एटिएफ र मट्टितेल आयातब...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले ग्यास तथा खाद्यवस्तुको आपूर्तिमा देखिएको समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।...