आइतबार, २२ कात्तिक २०८३
नेपाली

देशभर अतिक्रमित संरचना हटाउने अभियान जारी

Main News Image

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु गरेको हो ।

शनिबार काठमाडौँका थापाथली, सिनामङ्गल–गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारमा अवैध संरचना हटाइएको थियो । यस्तै, आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षा निकायको सहयोगमा सरकारी टोलीले मनोहरा नदी किनारका अतिक्रमित संरचना हटाइरहेका छन् ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सुरुआती चरणमा जोखिमयुक्त क्षेत्रका वस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोबासको उचित व्यवस्थापन गरिने बताइन् । अतिक्रमित जमिन खाली गराउने क्रममा घरबारविहीन भएका नागरिकको प्रारम्भिक विवरण सङ्कलन गर्ने र बसोबासको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

पृथ्वी राजमार्ग : आज मलेखु-मुग्लिङ सडकखण्ड तीनघण्टा बन्द हुने

चितवन। पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ। सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग गर्डर राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ः०० देखि दिउँसो २:०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्...