मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

दल दर्ता गर्न विप्लव नेतृत्वको पार्टीले दियो निर्वाचन आयोगमा निवेदन

Main News Image

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी नेकपाले निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएको छ। नेताहरू खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढामगर, कर्णजित बुढासहित नेताहरूले आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका हुन । प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तय भएको अवस्थामा चुनावमा भाग लिन दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा यही कात्तिक ३० गतेसम्म छ। सोही उद्देश्य अनुरुप कम्युनिष्ट पार्टी नेकपाले दल दर्ताको निवेदन दिएको हो।

प्रवक्ता विश्वकर्माले आगामी चुनावमा भाग लिने उद्देश्यका साथ आयोगमा दल दर्ताको निवेदन दिइएको बताए। यससँगै प्राप्त निवेदनउपर आयोगले अध्ययन गरेर प्रस्ताव गरे अनुसारको नाम पाउने वा नपाउने, अन्य विषयमा के हुने भनेर निर्णय दिनेछ। आयोगले निर्णय दिएपछि दलले आधिकारिता पाउनेछ।

mediabaaji add

सम्बन्धित खबर

प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब स्वीकृत

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ । निर्वाचन आयोगले साढे सात अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गर...

गगन, विश्वप्रकाश र प्रदीप महाधिवेशन प्रतिनिधि चयन

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरू १५औं महाधिवेशनका लागि आ(आफ्नो भूगोलबाट महाधिवेशन प्रतिनिधि ९प्रतिनिधिसभा क्षेत्रीय प्रतिनिधि० चयन भएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट पार्टी सभापति गगनकुमार थापा र काठमाडौं(५ बाट महामन्त्री प...

राष्ट्रपतिले गरे तीन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका तीन विधेयक प्रमाणीकरण गरेका छन् । उनले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा १...

मन्त्रिपरिषद्को बैठकले के-के निर्णय गर्‍यो?

काठमाडौँ । सिंहदरबारमा सोमबार बसेको बैठकले मुख्यगरी ५ वटा निर्णय गरेको छ। नगरपालिकाहरूमा स्वच्छ ऊर्जा, रुपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्...

कात्तिक २० गते काठमाडौंमा प्रदर्शन गर्ने विप्लव नेकपाको तयारी

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यही कात्तिक २० गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने भएको छ । सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने छन् । सभा अगाडि र्‍याली निकाल्ने नेता सन्तोष बुढा...

झापाको चुनावी सुरक्षामा नौ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ । हेभिवेट उम्मेदवारको भिडन्तले इलेक्सन इपिसेन्टर झापामा चुनावी सुरक्षा कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरीसहित नौ हजार सुरक्षाकर्मी परिचालन गरे...