कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी झिलझिलेका इन्स्पेक्टर सुभाष केसी
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ । केसी नेतृत्वको टोलीले कार्तिक ९ गते झापा अर्जुनधारा ४ दहिझोडा सामुदायिक वनमा अपहरण, शारीरिक बन्धक र ज्यानसम्बन्धी घटनामा संलग्न शंकितहरूको पहिचान तथा निगरानी सुरु गरेको थियो । घटनामा ३३ वर्षीय सरोज शर्माको हत्या भएको पुष्टि हुँदै जाँदा उनले सूक्ष्म रुपमा तथ्यहरू जोड्दै अनुसन्धानलाई निर्णायक दिशातर्फ अघि बढाए ।
उनकै निर्देशनमा कार्तिक १३ गते मेचीनगर(१३ स्थित सामुदायिक वनमा पीडितले प्रयोग गरेको गाडी जलाएको अवस्थामा फेला पारियो । त्यसपछि घटनाको अनुक्रमलाई टुक्राटुक्रामा विश्लेषण गर्दै केसीले टोलीसहित शंकितलाई नियन्त्रणमा लिए। अनुसन्धानको क्रममा मृतकको शरीर गाडिएको स्थान समेत उनले पहिचान गराएका थिए, जसपछि उत्खनन गरेर शव फेला पारियो र घटनालाई प्रमाणमुखी बनाइयो ।
घटना सार्वजनिक भएपछि पीडित तथा स्थानीय बासिन्दा क्षुब्ध बनेका अवस्थामा प्रतिवादीका घर तथा सम्पत्तिमा तोडफोडको प्रयास समेत देखिएको थियो। तर, केसी नेतृत्वको टोलीले परिस्थितिलाई उग्र बन्न नदिई भिड नियन्त्रणमा लिएको थियो। दुवै पक्षका परिवार सुरक्षित हुनु सबैभन्दा ठूलो दायित्व हो,’ भन्ने उनको भनाइ उद्धृत गर्दै प्रहरीले बताए। समाजमा शान्ति–सुरक्षा जोगाउनु र जटिल अपराधको अनुसन्धान सफलतापूर्वक निष्कर्षमा पुर्याएको योगदानका कारण प्रहरी निरीक्षक सुभाष केसीलाई २०८२ साल कार्तिक ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सरकारले सात लाख विद्युतीय राहदानी खरिद गर्ने
काठमाडौँ । सरकारले अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरवारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नभएसम्मको अन्तरिम...
काठमाडौं उपत्यकाबाट दसैंलाई सातामै बाहिरिए ४ लाख ३९ हजार यात्रु
काठमाडौँ । पछिल्लो एक सातामा दसैंका लागि काठमाडौं उपत्यकाबाट ४ लाख ३९ हजार ४ सय ९२ यात्रु बाहिरिएका छन् । विभिन्न राजमार्ग हुँदै ठूलो संख्यामा सवारीसाधन बाहिरिँदा राजमार्गहरूमा ट्राफिक जाम बढेको छ । अहिले पृथ्वी र बीपी राजमार्ग हुँदै बाहिरिने सवार...
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ आज मेला लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को...
जाजरकोटमा बोलेरो दुर्घटना, दुईको मृत्यु
जाजरकोट । छेडागाड नगरपालिका–८ मा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
नेपाल र साउदीबीच श्रम सम्झौता
काठमाडौँ । नेपाल र साउदी अरबबीच साधारण श्रमिकका लागि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । नेपाली श्रमिकहरूको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्य सहित साउदी अरबको रियादमा हस्ताक्षर सम्पन्न भएको हो ।
<...आइतबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जनाएको छ । प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी...



