सोमबार, १५ भदौ २०८३
नेपाली

बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्नेहरु पक्राउ

Main News Image

काठमाडौँ । यही भदौं १० गते विहान रसुवामा आएको बाढीमा बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्न कार्यमा संलग्न केही व्यक्तिहरुलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । त्रिशुली नदिले बगाएर ल्याएको बैंकको सेफ फुटाएर एक करोड भन्दा बढि रकम चोरी गर्ने कार्यमा संलग्न २९ जना व्यक्तिहरुलाई धादिङका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा खोजी कार्य हिजोबाट सुरु गरेकोमा आज विहानसम्ममा ९२ लाख ६८ हजार ५०५ रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालले बैंकको सेफ फुटाएर पैसा चोर्ने कार्यमा संलग्न केही व्यक्तिहरु पक्राउ परेको पुष्टी गरेका छन् । भदौं १० गते आएको बिनाशक बाढीले टिमुरे, बेत्रावती, त्रिशुली समेतका कूल ९ वटा बैंकका शाखा कार्यालयहरु बगाएको थियो । बाढीले सो क्षेत्रमा रहेका एटिएम मेशिन समेत बगाएको थियो । सो मध्ये एउटा बैंकको सेफ धादिङमा पुर्याएको थियो । अत्याधिक गह्रौं हुने भएकोले बाढीको शक्ति कमजोर भएपछि त्रिशुली नदिबाट किनारामा लगाएको थियो ।


mediabaaji add

सम्बन्धित खबर

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, कुटपिट गर्ने छोरा पक्राउ

काठमाण्डौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट भातेढिकुरमा बस्दै आएकी उदयपुरको कटारी नगरपालिका–५ घर भएकी ४० वर्षीया मेघिया चौधरीको मृत्यु भएको प्रहरी जनाएको छ ।

शुक्रबार स...

धादिङमा कर्मचारी कुटेर फरार रहेका व्यक्ति पक्राउ

काठमाण्डौँ । खानेपानी आयोजनाको अनुगमनमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ २६ गते नीलकण्ठ नगरपालिका–४ स्थित इजारा क्षेत्रमा खानेपानी आयोजनाको निर्माण कार्य निरीक्षण तथा सुपरिवेक्षणक...

मधेस प्रहरीका घुमुवा तानिए छानबिनमा, तस्करीसँग जोडिएको आरोप

वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी मातहत कार्यरत ३१ जना घुमुवा प्रहरीलाई छानबिनका लागि तानेको छ । प्रधान कार्यालय, प्रशासन शाखाको पत्रपछि उनीहरूलाई केन्द्रमा बोलाइएको हो । स्रोतका अनुसार सीमा नाकामा हुने अवैध ओसारपसार व्यवस्थापन...

जंगी अड्डाले भन्यो__ राहत र उद्धार सहज बनाउन सुकुम्बासीको विवरण मागेका हौं

काठमाडौँ । नेपाली सेनाले आसन्न वर्षातको समयमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्को पूर्व तयारीका लागि तथ्याङ्क अद्यावधिक गरेको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरूको विवरण माग गरिएको विषयम...

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकसहित ४ जना प्रहरी नियन्त्रणमा

काठमाण्डौँ । काठमाडौँको  सितापाइलामा  ट्राफिक सप्ताह  अन्तर्गत  आज ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा  लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालकहरू नियन्त्रणमा आएका छन् । जसमा यात्रुवाहक बसका चालक ३  जना&n...

तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

कर्णाली । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका ६ राजाचोक नजिकै सञ्...