बुधबार, ११ कात्तिक २०८३
नेपाली

बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्नेहरु पक्राउ

Main News Image

काठमाडौँ । यही भदौं १० गते विहान रसुवामा आएको बाढीमा बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्न कार्यमा संलग्न केही व्यक्तिहरुलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । त्रिशुली नदिले बगाएर ल्याएको बैंकको सेफ फुटाएर एक करोड भन्दा बढि रकम चोरी गर्ने कार्यमा संलग्न २९ जना व्यक्तिहरुलाई धादिङका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा खोजी कार्य हिजोबाट सुरु गरेकोमा आज विहानसम्ममा ९२ लाख ६८ हजार ५०५ रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालले बैंकको सेफ फुटाएर पैसा चोर्ने कार्यमा संलग्न केही व्यक्तिहरु पक्राउ परेको पुष्टी गरेका छन् । भदौं १० गते आएको बिनाशक बाढीले टिमुरे, बेत्रावती, त्रिशुली समेतका कूल ९ वटा बैंकका शाखा कार्यालयहरु बगाएको थियो । बाढीले सो क्षेत्रमा रहेका एटिएम मेशिन समेत बगाएको थियो । सो मध्ये एउटा बैंकको सेफ धादिङमा पुर्याएको थियो । अत्याधिक गह्रौं हुने भएकोले बाढीको शक्ति कमजोर भएपछि त्रिशुली नदिबाट किनारामा लगाएको थियो ।


mediabaaji add

सम्बन्धित खबर

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय चितवनले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा...

वैदेशिक रोजगारीमा कडाइ, सेवा शुल्क अब अनिवार्य बैंकिङमार्फत मात्रै

काठमाडौँ । वैदेशिक रोजगार विभाग ले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत भुक्तान गर्न आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको विभागले ठगी नियन्त्रण, आर्थिक कारोबारम...

अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भन...

सशस्त्रमा ६ डीआइजी बढुवा हुँदै

काठमाडौँ । सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक डीआईजीका ६ पद रिक्त भएपछि केही दिनमा बढुवा निकाल्ने तयारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आजै जनकपुर जाने कार्यक्रम भएकाले एकाध दिन ढिलो हुने सशस्त्र प्रहरी बल मूख्यालयले जनाएको छ ।

नेपाल प्रहरी लेखिएको पेस्तोलसहित तीनजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार...

कालोपुलमा कोठा फोडेर सुन–नगद चोरी गर्ने गिरोह पर्दाफास, हतियारसहित दुई पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले डेरा कोठाबाट सुन, चाँदीका गरगहना, नगद तथा धारिलो हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–५ कालोपुल लामा गल्लीस्थित एक डेरा कोठाबाट करिब २६ तोला ८ आना बराबरका सुनका...