बिहिबार, १२ कात्तिक २०८३
नेपाली

दोस्रो हुनेकै जमानत जफत

Main News Image

काठमाडौँ । रुपन्देही–३ का रास्वपा उम्मेदवार डा। लेखजंग थापाले आफूले चुनाब जित्दा आफूबाहेक प्रतिस्पर्धी सबै उम्मेदवारको जमानत जफत गराइदिएका छन् । यहाँ थापाले चुनाब जित्दा उनीसँग प्रतिस्पर्धामा रहेर दोस्रो हुने उम्मेदवारले पनि जमानत जोगाउन सकेनन् ।

यहाँ ९० हजारको हाराहारीमा मत सदर भएको थियो । जमानत जोगाउन कूल सदर मतको १० प्रतिशत ल्याउनुपर्छ । तर, यहाँ दोस्रो हुने कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत मात्रै पाए । तेस्रो भएका एमालेका वासुदेव घिमिरेले ८ हजार २७५ मत पाए । यहाँ ५८ हजार ८१४ मतसहित विजयी भएका थापाबाहेक सबै ३५ जना उम्मेदवारको जमानत जफत भयो ।

mediabaaji add

सम्बन्धित खबर

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौँ । गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई पर...

राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूलाई निर्देशन जारी गरेको छ। दलहरूले प्रचारप्रसार गर्न पाउने दिन शुरू हुनुअघि प्रेस विज्ञप्ति निकालेर आयोगले चुनावी प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने ६४ बुँदे निर्देशन सार...

दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सडक संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा

काठमाडौँ । विवादित मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं पक्राउको बिरोधमा उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ । सोमबार मात्र पत्रक...

जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता

सर्लाही । जनता समाजवादी पार्टी जसपा नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन्। सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको...