त्रिविको जग्गा अतिक्रमणमा अख्तियारले थाल्यो छानबिन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविको नाममा रहेको हजारौँ रोपनी जग्गा हिनामिना र अतिक्रमणको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक छानबिन थालेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शिक्षा मन्त्रालयबाट प्राप्त प्रतिवेदनको अध्ययनसँगै अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।
गत वर्ष सरकारका तर्फबाट पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय छानबिन समितिले त्रिविको करिब २ हजार रोपनीभन्दा बढी जग्गा विभिन्न निकाय र व्यक्तिहरूले अतिक्रमण गरेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन अनुसार आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, काठमाडौँ उपत्यका खानेपानी बोर्ड, कृषि बागवानी केन्द्रलगायत संस्थासँगै कीर्तिपुरस्थित लेबोरेटरी विद्यालयले पनि त्रिविको जग्गा आफ्नो नाममा दर्ता गर्न खोजेको पाइएको छ । सो विद्यालयले त्रिविको स्वीकृति विना जग्गा कब्जा गरी भोग चलन गरिरहेको विवरणमा उल्लेख छ।
एक्सप्रेस
सम्बन्धित खबर
मन्त्रालयको चेतावनी : १५ दिनभित्र हाजिर नभए सरकारी सेवाबाट हटाइने
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीलाई १५ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन अन्तिम चेतावनीसहितको सूचना जारी गरेको छ ।
मन्त्रालयद्वारा सार्वजनिक सूचना अनुसार, खानी तथा भूग...
विश्वविद्यालयको प्रशासनिक ढिलासुस्तीको सजाय विद्यार्थीलाई दिन मिल्दैन : सर्वोच्च अदालत
काठमाडौँ । सर्वोच्च अदालतले विश्वविद्यालयको आन्तरिक सुस्तता वा प्रशासनिक ढिलासुस्तीका कारण विद्यार्थीले पाउनुपर्ने हक र सम्मानबाट वञ्चित गर्न नमिल्ने भनी व्याख्या गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले एलएलएम तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थ...



