आइतबार, २८ भदौ २०८३
नेपाली

विसं ०८३ को पञ्चाङ्ग पनि ०८२ सालकै पद्धतिमा प्रकाशन हुने

Main News Image

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी विसं २०८३ को पञ्चाङ्ग २०८२ सालकै पद्धति र ढाँचा अनुरूप तयार गर्ने निर्णय गरेको छ ।  पञ्चाङ्गकारहरूको संयुक्त बैठकले विविध प्राविधिक कारणले पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको भन्दै यस्तो निर्णय लिएको हो ।

समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार केतकी ग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न थप समय लाग्ने र विस्तृत छलफल आवश्यक देखिएकाले प्रकाशनमा ढिलाइ हुँदा सेवाग्राहीलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै पुरानै विधिलाई निरन्तरता दिइएको हो।

यसअघि विसं २०८३ को पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्न सूचना जारी गरिएको भए तापनि समयको चापका कारण परम्परागत सौरोक्त पद्धतिमै आधारित रहने निर्णय भएको छ। गत वर्ष पनि नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गमा पञ्चाङ्ग खण्ड सौरोक्त पद्धतिमा आधारित थियो भने अन्य ग्रहहरूको गणना ज्योतिर्गणितम् तथा केतकी ग्रहगणितम्का आधारमा गरिएको थियो।

समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले सौरोक्त पद्धतिलाई समय सापेक्ष परिमार्जन गर्दै आकाशको वास्तविक ग्रहस्थितिसँग मेल खाने गरी सुधार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त ज्योतिषी विद्वानहरूलाई आमन्त्रण गरेर छलफल कार्य तत्काल अघि बढाउने जानकारी दिए। यस निर्णयले आगामी वर्षको पात्रो समयमै बजारमा आउने सुनिश्चितता गरेको छ भने दीर्घकालीन रूपमा पञ्चाङ्ग सुधारका लागि प्राज्ञिक बहसको बाटो समेत खोलेको छ।

mediabaaji add

सम्बन्धित खबर

आज विश्व सहरीकरण दिवस मनाइँदै

काठमाडौँ । आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ। सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको हो। सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह ग...

आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई भूभागक...

भारतको मजदुरी छोडेर साइकलमा दुध संकलन गर्न थाले, अहिले ९० लाखको सम्पत्ति जोडे

कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही...

सरकारले सात लाख विद्युतीय राहदानी खरिद गर्ने

काठमाडौँ । सरकारले अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरवारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नभएसम्मको अन्तरिम...

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उक्त समस्यामा यसअघिका प्रक्रिया जिल्लास्थित सराकारवाला निकायले गर्दै आएका थिए भने अब बाँकी प्रक्रिया गाउँपालिका कार्याल...

कृत्रिम खुट्टाकै बलमा सेभेन समिट पूरा: हरि बुढामगरले अन्टार्टिकाको शिखरमा गाडे नेपाली झण्डा

बेलायत। ‘शरीरको कुनै अङ्ग नहुँदैमा सपना सकिँदैन’ भन्ने सन्देशलाई जीवनमै उतार्दै हरि बुढामगरले विश्वकै सबैभन्दा कठिन मानिने सेभेन समिट (सातै महादेशका अग्ला शिखर) आरोहण पूरा गरेका छन्। यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोबीच अन्टार्टिकाको माउन्ट...