विसं ०८३ को पञ्चाङ्ग पनि ०८२ सालकै पद्धतिमा प्रकाशन हुने
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी विसं २०८३ को पञ्चाङ्ग २०८२ सालकै पद्धति र ढाँचा अनुरूप तयार गर्ने निर्णय गरेको छ । पञ्चाङ्गकारहरूको संयुक्त बैठकले विविध प्राविधिक कारणले पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको भन्दै यस्तो निर्णय लिएको हो ।
समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार केतकी ग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न थप समय लाग्ने र विस्तृत छलफल आवश्यक देखिएकाले प्रकाशनमा ढिलाइ हुँदा सेवाग्राहीलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै पुरानै विधिलाई निरन्तरता दिइएको हो।
यसअघि विसं २०८३ को पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्न सूचना जारी गरिएको भए तापनि समयको चापका कारण परम्परागत सौरोक्त पद्धतिमै आधारित रहने निर्णय भएको छ। गत वर्ष पनि नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गमा पञ्चाङ्ग खण्ड सौरोक्त पद्धतिमा आधारित थियो भने अन्य ग्रहहरूको गणना ज्योतिर्गणितम् तथा केतकी ग्रहगणितम्का आधारमा गरिएको थियो।
समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले सौरोक्त पद्धतिलाई समय सापेक्ष परिमार्जन गर्दै आकाशको वास्तविक ग्रहस्थितिसँग मेल खाने गरी सुधार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त ज्योतिषी विद्वानहरूलाई आमन्त्रण गरेर छलफल कार्य तत्काल अघि बढाउने जानकारी दिए। यस निर्णयले आगामी वर्षको पात्रो समयमै बजारमा आउने सुनिश्चितता गरेको छ भने दीर्घकालीन रूपमा पञ्चाङ्ग सुधारका लागि प्राज्ञिक बहसको बाटो समेत खोलेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौंका मेयर बालेनलाई पितृशोक
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका बुवा रामनारायण शाहको निधन भएको छ । अस्वस्थ भएसँगै आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भइ भेन्टिलेटरमा उपचाररत शाहको सोमबार मध्यान्ह निधन भएक...
हेटौंडा सडक विस्तार योजना कार्यान्वयनतर्फ, स्थानीय तह र केन्द्रबीच सहमति
हेटौंडा । लामो समयदेखि अधुरो र अलपत्र अवस्थामा रहेको हेटौंडा बजार क्षेत्रको सडक विस्तार प्रक्रिया फेरि एकपटक तीव्र गतिमा अघि बढ्ने संकेत देखिएको छ। हेटौंडाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँगको विस्तृत...
मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु
काठमाडौँ । महाशिवरात्रि सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । १५ दिने धार्मिक यात्रासँगै महोत्तरीमा यात्रीको स्वागत र व्यवस्थापनको तयारी गरिएको छ । यात्री बिहीबार मटिहानीबाट महोत्तरी प्रवेश गर्नेछन् ।
यात्राक चौथो दिन...
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
काठमाडौँ । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो ।
बालश्रम विरुद्धआ...
काठमाडौं उपत्यकाबाट दसैंलाई सातामै बाहिरिए ४ लाख ३९ हजार यात्रु
काठमाडौँ । पछिल्लो एक सातामा दसैंका लागि काठमाडौं उपत्यकाबाट ४ लाख ३९ हजार ४ सय ९२ यात्रु बाहिरिएका छन् । विभिन्न राजमार्ग हुँदै ठूलो संख्यामा सवारीसाधन बाहिरिँदा राजमार्गहरूमा ट्राफिक जाम बढेको छ । अहिले पृथ्वी र बीपी राजमार्ग हुँदै बाहिरिने सवार...
मौसम पूर्वानुमान : यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ ।
शुक्रबार सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम...



