मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

ढल्केबर-हेटौंडा ४०० केभी प्रसारण लाइनको १२ वर्षे अवरोध हट्यो

Main News Image

काठमाडौF । सरकारले विगत १२ वर्षदेखि विभिन्न प्राविधिक तथा कानुनी कारणले रोकिएको ढल्केबर हेटौंडा ४०० केभी उच्च भोल्टेज प्रसारण लाइन निर्माणको मुख्य अवरोध हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको महत्त्वपूर्ण निर्णयसँगै लामो समयदेखि अल्झिएको आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने बाटो खुलेको हो ।

मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणलाई वन ऐन, २०७६ को दफा ४२ १ बमोजिम मकवानपुरको हेटौंडा १५ मा रहेको रातोमाटे सामुदायिक वन उपभोक्ता समूह तथा बकैया २ स्थित सरस्वती सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने राष्ट्रिय वनको २=२ हेक्टर जग्गा आयोजनाका लागि प्रयोग गर्न स्वीकृति दिएको छ। यसका साथै उक्त वन क्षेत्रमा पर्ने विभिन्न प्रजातिका एक हजार २९२ वटा रुखहरू कटान गर्न समेत सरकारले अनुमति प्रदान गरेको छ।


mediabaaji add

सम्बन्धित खबर

नेप्से १७ अंकले बढ्यो, कारोबार ४ अर्ब ८३ करोड रुपैयाँमाथि

काठमाडौँ ।  साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। बजार ०.६६ प्रतिशतले बढेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिएको छ। शुक्रबारको कारोबारमा अधिकांश कम्पनीको शेयर...

सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति ?

काठमाडौँ । आज चैत ३ गते नेपाली बजारमा सुनचाँदीकै भाउ बढेको छ । सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदी प्रतितोला ७० रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जान...

धितोपत्र बोर्डबाट स्नो रिभर्सले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  बोर्डले माघ १८ गते आइतबार कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डको अनुमतिसँगै अब स्नो रिभर्सले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरक...