देउवाको स्वदेश फिर्ती र अदालतको आदेश : कांग्रेसभित्र फेरिँदै शक्ति सन्तुलन
काठमाडौँ । नेपाली कांग्रेस यतिबेला आफ्नो इतिहासकै सबैभन्दा पेचिलो र अनिश्चित राजनीतिक मोडबाट गुज्रिरहेको छ । गत पुस महिनाको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि सतहमा आएको पार्टीको आन्तरिक विवाद समयक्रमसँगै सुल्झिनुको साटो झन् गहिरिँदै गएको छ ।
संस्थापन र इतर पक्षबिचको तीव्र खिचातानी, नेतृत्वको दाबी र वैधानिकताको लडाइँले पार्टीको समग्र संगठनलाई दुई ध्रुवमा विभाजित गरिदिएको छ। यस्तै राजनीतिक तरङ्ग र अन्योलका बिच लामो समयदेखि विदेशमा उपचाररत रहेका निवर्तमान सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीको खबरले कांग्रेस वृत्तमा एकाएक नयाँ राजनीतिक तापमान बढाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
फागुन २१ को निर्वाचनका लागि मेयर त्याग्दै हर्क साम्पाङ
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको नेतृत्वबाट बिदा लिएर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिने भएका छन् । मेयर साम्पाङका साम्पाङका निकट सहयोगी तथा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस...
चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज्दा पनि मानिस भेटिएनन् : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र चिनियाँ विशेषज्ञ टोलीले करिब ३ किलोमिटरसम्म खोजी गर्दा पनि अहिलेसम्म मानिस फेला पार्न नसकेको बताएका छन् । भोटेकोशी बाढीपछि सामाजिक सञ्जालमार्फत दैन...
विशेष महाधिवेशन पक्षधरले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । उनले अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्न...
पुलिस र सीडीओ हातमा छन् भन्ने दम्भ त्याग्नुपर्छ : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले मुलुकको नेतृत्वमा पुगिसकेपछि उच्च राजनीतिक चरित्र प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन्। निर्वाचनमार्फत जनताले पार्टीलाई ठूलो जिम्मेवारी सुम्पिएकाले नेता तथा कार्यकर्ताहरू मात्तिन...
प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउँदै मितिका सम्बन्धमा भने सार्वजनिक समाचारमा उल्लेख भए...
सर्वोच्चले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारिकता
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिक...



