बुधबार, ११ कात्तिक २०८३
नेपाली

नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट बुधबार पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।

“सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु”, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भने । सभापतिमा निर्वाचित भएपछि थापाले अहिले विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित नेता, कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरेका थिए।

mediabaaji add

सम्बन्धित खबर

‘आलोचनाले होइन, एकताले चुनाव जितिन्छ’ — ओलीका टिप्पणीमा सुरेन्द्र पाण्डेको संयमित प्रतिवाद

काठमाडौँ । नेकपा एमालेभित्र सार्वजनिक अभिव्यक्तिका कारण देखिएको तिक्तताप्रति नेता सुरेन्द्र पाण्डेले स्पष्ट र सन्तुलित धारणा राखेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू लक्षित गर्दै दिएका टिप्पणीप्रति प्रत्यक्ष विवादमा नउत्रँदै पाण्डेले निर्व...

बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनित, ८ सदस्यीय सचिवालय गठनसहित ११ निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनित गरेको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बुधबार बसेको केन्द्रीय समितिको बैठकले शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको हो ।

बैठ...

देउवा साउन २६ गते स्वदेश फर्किंदै

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यहि साउन २६ गते स्वदेश फर्किने भएका छन् । देउवा निकट कांग्रेस नेता डा। प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गतेकाठमाडौं आइपुग्ने भएका हुन्। गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा...