बिहिबार, १२ कात्तिक २०८३
नेपाली

कोहलपुर-सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण

Main News Image

सुर्खेत । बहुप्रतिक्षित कोहलपुर सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण गरिएको छ । आयोजना निर्माण सम्पन्न भएसंगै शुक्रबार उक्त लाइन परीक्षण गरिएको हो । १३२ केभी प्रशारण लाइनको निर्माण सम्पन्न भएसँगै कर्णालीबासीले भोग्दै आएको विद्युत समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

सात बर्षअघि निर्माण थालिएको कोहलपुर-सुर्खेत १३२ केभी विद्युत प्रसारण आयोजनाको परीक्षणसँगै कर्णालीको विद्युत् आपूर्तिमा हुने अनियमितता तथा लो भोल्टेजको समस्या समाधान हुने अपेक्षा स्थानीयको छ । शुक्रबार प्रसारण लाईनको परीक्षण थालिएको आयोजना प्रमुख रवी चौधरीले बताए । उनका अनुसार छिटफुट ठाउँमा बाहेक कतै समस्या देखिएको छैन ।

परीक्षण सफल भए लगत्तै नियमित विद्युत प्रशारण गरिने उनले बताए । ‘शुक्रबार कोहलपुर-सुर्खेत १३२ प्रशारण लाईनको परिक्षण गरिएको छ’ उनले भने, ‘कहिँकतै विद्युत चुहावटको समस्या भए पनि अन्य सबै सफल भइरहेको छ ।’ बाँकेको कोहलपुरस्थित सबस्टेशनदेखि वीरेन्द्रनगरको सुब्बाकुनामा निर्माण गरिएको सबस्टेशनमा डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरेर परीक्षण गरिएको उनले जानकारी दिए ।

mediabaaji add

सम्बन्धित खबर

जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन मिति थप गरिँदै

काठमाडौँ । विद्युत् खरिद-बिक्री सम्झौता पीपीए भइसकेर पनि विभिन्न कारणले अझै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति आरसीओडी थप गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।

प्रा...

३५ उद्योग तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता

काठमाडौँ । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन्। यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्य...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४...