मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

तराईमा ‘तातो दिन’ सँगै ४० डिग्रीसम्म तापक्रम पुग्ने

Main News Image

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुधबारको मौसम पूर्वानुमान अनुसार देशभरको मौसममा निकै भिन्नता देखिने भएको छ । आज दिउँसो तराईका अधिकांश भूभागमा अत्यधिक गर्मी भई उखरमाउलो महसुस हुनेछ भने पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो सहरहरुमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

पूर्वानुमान अनुसार आज तराईका सहरहरुमा तापक्रम उच्च रहनेछ । भैरहवामा आजको अधिकतम तापक्रम देशकै सबैभन्दा बढी ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ, यद्यपि त्यहाँको आकाशमा आंशिक बादल लाग्नेछ । यसैगरी, धनगढी र जनकपुरको अधिकतम तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्नेछ भने नेपालगञ्ज, सिमरा र विराटनगरको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियस रहनेछ । मौसम पूर्वानुमान विवरणमा अत्यधिक गर्मी हुने यी सहरहरुलाई विशेष गरी ‘तातो दिन’ को रुपमा उल्लेख गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

मौसम पूर्वानुमान : पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपात


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित कर्णाली र...

मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको...

इरानले अमेरिकालाई पठायो सधैंको लागि युद्ध अन्त्य गर्ने नयाँ प्रस्ताव

काठमाडौँ । इरानले अमेरिका र इजरायलसँग जारी द्वन्द्व ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यसहित शान्ति प्रस्ताव अघि सारेको छ । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उक्त प्रस्ताव पाकिस्तानमार्फत् पठाइएको हो । बीबीसीका अनुसार अमेरिकाबाट आएको १५...

काठमाडौंको गैरिगाउँमा भीषण आगलागी

काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । सशस्त्र प्रहरीको विपद् गण नजिकै रहेको काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको हो । प्रहरी घटनास्थलमा पुगेको र दमकलमार्फत आगो निभाउने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौ...