बुधबार, ११ कात्तिक २०८३
नेपाली

तामाकोसी बस दुर्घटना : प्रशासन-पीडितबीच ८ बुँदे सहमति, पोस्टमार्टम प्रक्रिया अघि बढ्ने

Main News Image

रामेछाप । मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनापछि उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा स्थानीय प्रशासन र पीडित परिवारबीच सहमति भएको छ । सहमति भएसँगै रोकिएको पोस्टमार्टम प्रक्रिया अघि बढ्ने भएको छ ।

सो दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्। ८ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पीडित पक्ष र प्रशासनबीच क्षतिपूर्ति, उपचार, कानुनी कारबाही तथा खोजीकार्यका विषयमा सहमति नहुँदा मृतकको शव परीक्षण हुन सकेको थिएन। सहमतिपछि अस्पतालमा रहेका शव परीक्षण गरी आफन्तलाई बुझाउने प्रक्रिया सुरु गरिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा जिल्ला सुरक्षा समिति, नेपाल अरनिको यातायात सेवा प्रा।लि, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा पीडित परिवारका सदस्य सहभागी थिए ।

mediabaaji add

सम्बन्धित खबर

पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको सक्रियता र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्य बदली कायम रहँदा केही स्थानहरूमा वर्षा भइरहेको छ ।

महाश...

नेपालको चुच्चे नक्सा अंकित एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार

काठमाडौँ । सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समेटिएको एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार पारेको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समावेश गरी तयार पारिएको यो डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद्को बैठकबा...

दशरथ चन्द विश्वविद्यालयमा दुई पटकसम्म विज्ञापन गर्दा भेटिएनन् उपकुलपति

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन । उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय...