बुधबार, ११ कात्तिक २०८३
नेपाली

टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

Main News Image

काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ ।

समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ ।

आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्पियन बन्नेछ । साथै, नेपाल, युएई र ओमानले शीर्ष-३ मा स्थान बनाउँदै टी-२० विश्वकपमा आफ्नो स्थान बनाइसकेको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

आजदेखि एनपीएलको दोस्रो संस्करण, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ ।  काठमाडौंको कीर्तिपुर...

बार्सिलोनाका फ्यानलाई खुसीको खबर, ब्राजिलियन स्टार राफिन्हा २०३० सम्म बार्सिलोनामै रहने सहमति !

काठमाण्डौँ । स्पेनिस क्लब बार्सिलोना र ब्राजिलियन स्टार राफिन्हाबीच सन् २०३० सम्म सम्झौता लम्ब्याउने सहमति भएको छ । पछिल्लो समय उत्कृष्ट लयमा रहेका राफिन्हालाई क्लबले आफ्नो दीर्घकालीन योजनाको महत्वपूर्ण खेलाडीका रूपमा राख्ने निर्णय गरेको हो ।

<...