बुधबार, ३१ भदौ २०८३
नेपाली

टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

Main News Image

काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ ।

समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ ।

आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्पियन बन्नेछ । साथै, नेपाल, युएई र ओमानले शीर्ष-३ मा स्थान बनाउँदै टी-२० विश्वकपमा आफ्नो स्थान बनाइसकेको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

एसीसी यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल

काठमाडौँ । एसीसी यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पुगेको छ । ओपनिङ बलर नितेशकुमार पटेल र चन्दन रामको उत्कृष्ट बलिङले नेपालले शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । टस जितेको नेपालले मल...

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र ल...

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल २२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । दुवै टोलीले आफ्नो छैटौं खेल खेल्द...

टी-२० विश्वकपमा पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित, मिलाएनन् हात

कोलम्बो । टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको छ । यो प्रतियोगिताको इतिहासमा रनको हिसाबले पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित हो । यो जितसँगै भारतीय टोली सुपर ८ को लागि छनोट भएको छ । टोली लगातार तीन जितसहित समूह ए अंक तालिका...

लुम्बिनीको जितसँगै एनपिएलको प्लेअफ समीकरण पूरा

काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपिएल दोस्रो संस्करणको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ । लुम्बिनीको यो जितसँगै प्रतियोगिताको प्लेअफ पुग्ने चार...

टि -ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौँ । भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ । यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क...