टि -ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको नाम सार्वजनिक
काठमाडौँ । भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ । यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानले प्रशिक्षणमा बोलाएको छ । ११ दिनअघि सकिएको नेपाल प्रिमियर लिग एनपिएल सिजन टु को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।
एनपिएल शेर मल्ल, विनोद भण्डारी,भीम सार्की,अविनाश बोहरा, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी,रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् ।
नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल समूह सीमा इङ्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ। नेपालले माघ २५ इङ्ल्यान्डसँग खेल्दै विश्व कपको सुरुवात गर्नेछ ।
यी हुन् २४ जना खेलाडी
१ रोहित पौडेल
२ कुशल भुर्तेल
३ आसिफ सेख
४ कुशल मल्ल
५ सन्दीप जोरा
६ दीपेन्द्र सिंह ऐरि
७ गुलशन झा
८ नन्दन यादव
९ आरिफ सेख
१० सन्दीप लामिछाने
११ ललित राजवंशी
१२ सोमपाल कामी
१३ लोकेस बम
१४ आदील अन्सारी
१५ कारण के सी
१६ साहब आलम
१७ शेर मल्ल
१८ भीम सार्की
१९ ईशान पाण्डे
२० विनोद भण्डारी
२१ अविनाश बोहरा
२२ प्रतिष जी सी
२३ बसिर अहमद
२४ रुपेस कुमार सिंह ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जीत, तीन खेलाडीले पाए रातो कार्ड
काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत...
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।



