टी-२० विश्वकप : भारतसँग खेल्न पाकिस्तान तयार, बहिष्कारको निर्णय फिर्ता
काठमाडौँ । आगामी फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा हुने आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा पाकिस्तानले भारतको सामना गर्ने निश्चित भएको छ । यसअघि भारतसँगको खेल बहिष्कार गर्ने अडान राखेको पाकिस्तानले अन्तर्राष्ट्रिय समुदाय र क्रिकेट जगतको आग्रहमा आफ्नो निर्णय फिर्ता लिएको हो ।
पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्स मार्फत मैत्रीपूर्ण देशहरूको अनुरोध र पछिल्लो समयमा भएका सहमतिलाई ध्यानमा राख्दै टोलीलाई भारतविरुद्ध मैदान उत्रन अनुमति दिएको जानकारी दिएको छ । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष मोहसिन नक्वीले आईसीसी र बंगलादेश क्रिकेट बोर्ड बीसीबीसँग भएको छलफलको निष्कर्षबारे प्रधानमन्त्री शहबाज शरीफलाई जानकारी गराएका थिए ।
श्रीलंकाका राष्ट्रपति अनुर कुमार दिसानायकेले पाकिस्तानी प्रधानमन्त्री शरीफलाई टेलिफोन गरी क्रिकेटको गतिरोध अन्त्य गर्न र सकारात्मक निर्णय लिन आग्रह गरेका थिए। बंगलादेश बीसीबी, श्रीलंका र संयुक्त अरब इमिरेट्स यूएई लगायतका सदस्य राष्ट्रहरूले पाकिस्तानलाई नेतृत्वदायी भूमिका खेल्न र खेल सुचारु गर्न औपचारिक पत्राचार गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्वकप अभ्यासः लागातार दोस्रो खेलमा नेपाल विजयी, एमसिए ४८ रनले पराजित
काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले सात विकेटको जित निकालेको थियो ।&...
चेन्नईले ८ विकेटले हरायो मुम्बईलाई, प्लेअफको दौड रोमाञ्चक बन्दै
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शनिबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । यस सिजनमा मुम्बईमाथि चेन्नईको यो दोस्रो जित हो । यो जितसँगै चेन्नईले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राख...
एनपीएल : लुम्बिनीले जिते जनकपुरसँगै बाहिरिनेछन् पोखरा र चितवन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम...
टी-२० आई सिरिजको दोस्रो खेलमा नेपाल र यूएई भिड्दै
काठमाडौँ । काठमाडौँमा जारी टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि शुरू हुनेछ । डे नाइट खेल पहिलो पटक फ्लडलाइटमा भइरहेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपा...
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जीत, तीन खेलाडीले पाए रातो कार्ड
काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत...
टि -ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको नाम सार्वजनिक
काठमाडौँ । भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ । यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क...



