माओवादीका नेताहरूको ठगी, मिटरब्याज र अवैध लगानीले स्वर्गद्वारी सहकारी संकटमा !
बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा रहेको स्वर्गद्वारी बचत तथा ऋण सहकारी संस्था पछिल्ला वर्षमा ठगी, मिटरब्याज र अवैध लगानीका कारण गम्भीर संकटमा परेको छ । तत्कालीन माओवादी केन्द्रका काभ्रेका संयोजक हाल नेपाली कम्युनिष्ट पार्टी भोलाप्रसाद अर्याल र बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईंको निर्देशनमा सञ्चालन हुँदै आएको स्वर्गद्वारी डुब्ने अवस्थामा पुगेको हो ।
सकोसका अध्यक्ष यज्ञप्रसाद पन्तलाई सहकारीका सदस्यको रकम हिनामिनाको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ । सहकारीका बचतकर्ताले प्रहरी कार्यालयमा लाखौं रुपैयाँ ठगी गरेको उजुरी दर्ता गरेपछि पन्त पक्राउ परेका हुन् । पन्त स्याउरी देवी सहकारी संस्थाको पनि अध्यक्ष रहेको पाइएको छ।
अध्यक्ष पन्तले करिब ९–१० महिनाअघि पाँचखाल शाखाका सदस्यलाई ६ महिनाभित्र पैसा फिर्ता गर्छु भन्दै खाली चेक दिएर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।
पैसा फिर्ता गर्न नसकेपछि क्रोधित सदस्यहरूले पन्तलाई कार्यालयमै थुनेका थिए । केही समयअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा पन्तविरुद्ध ठगी मुद्दा दर्ता गरेसँगै पक्राउ परेको उनी ६ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
फेरि केही दिनअघि भक्तपुर शाखामा पनि रकम हिनामिनाको आरोप लागेपछि उनलाई भक्तपुर प्रहरीले पुनः पक्राउ गरेको हो । अध्यक्ष पन्त माओवादी केन्द्र काभ्रेका कार्यालय सचिवसमेत हुन् ।
सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको आरोप छ । निक्षेप कर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक, त्रैमासिक र वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ सो संस्थामा बचतकर्ताहरूले जम्मा गरेको रकम पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएको एक बचतकर्ताको भनाइ छ ।
पाँचखाल सेवा केन्द्रमा सदस्य बनेका एक सदस्यले आफ्नो निक्षेप जोखिममा रहेको ठानेर सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिनेतर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरेको बताए । बचतकर्ताको अनुसार सहकारी सञ्चालकले सदस्यहरूको रकम घरजग्गा किनबेच र मिटरब्याजमा लगानी गर्दै आएको छ ।
सञ्चालक समितिको एक सदस्यले नाम नखुलाउने शर्तमा सहकारी करिब दुई वर्षदेखि माओवादी केन्द्रका काभ्रेका संयोजक अर्याल र बागमती प्रदेश सभा सदस्य चौलागाईंको निर्देशनमा सञ्चालन हुँदै आएको थियो ।
उनीहरूको समूहले सहकारीमा करिब ४ करोड रुपैयाँ लगानी गरेका थिए । उनीहरुलाई राजनीतिक पहुँचको दुरुपयोग गर्दै भूमाफियासँग मिलेर अवैध लगानी गरी ठूलो सम्पत्ति जोडेको आरोपसमेत लागेको छ ।
यसैबीच सहकारीका कोषाध्यक्ष तथा माओवादी केन्द्र काभ्रेका संयोजक भोला प्रसाद अर्यालकी पत्नी उषा शिवभक्ति अर्याल पनि प्रहरीको अभियोजन दायरामा परेकी छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
फागुन २१ को चुनावमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ । आगामी फागुन २१...
सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईं समूहद्वारा ९ सदस्यीय टोली घोषणा
काठमाडौँ । सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबिच वार्ताका लागि दुवै पक्षबाट वार्ता टोली गठन भएको छ । अभियानले २०८३ साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा पेस गरेका विभिन्न नागरिक स...
चार राजदूतको राजीनामा स्वीकृत
काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत भएको छ। सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतमध्ये चार जनाले राजीनामा दिएका थिए । उनीहरूको राजीनामा परराष्ट्रमन्त्री समेत रहेकी प्रधा...
रेशमको उम्मेदवारी खारेजीको विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ ।
चौधरीले माघ ६ गते कैलाली १ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिएका थिए । तर, टीकापुर घटनामा द...
पूर्वमन्त्री रामवीरले त्यागे एमाले, रोजे कांग्रेस
काठमाडौँ । नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् । उनी काठमाडौँ क्षेत्र नम्बर ७...
आज सङ्घीय संसद् सेवा दिवस
काठमाडौँ । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज सङ्घीय संसद् सेवा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थिय...



