शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था स्थगित

Main News Image

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ । बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना नआएसम्मका लागि यसअघि नवीकरण नगरेकालाई अतिरिक्त शूल्क लिने व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी तथा दर्ता अधिकारी सबैलाई निर्देशन भएको छ ।

बोर्डले पछिल्लो विकसित अवस्था तथा बोर्डलाई आवश्यक संरचना तयार गर्न थप समय लाग्ने भएकाले यो निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभएको छ । यो निर्णयसँगै स्वास्थ्य बीमा गरेर लामो समयदेखि नवीकरण नगरेकाहरूले अब नवीकरण गर्दा थप शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ ।

यसअघि बोर्डले गएको भदौ ११ गते सूचनामार्फत् स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयन भएको र त्यसमा बीमित परिवारले असोज मसान्तसम्म नवीकरण नगरेमा त्यसपछि थप शुल्क तिर्नुपर्ने भन्दै रकम समेत तोकेको थियो ।

mediabaaji add

सम्बन्धित खबर

फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आएका छन्। पूर्वशिक्षकसमेत रहेका उनले दसैं र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन् ।गत असारमा शिक्षण पेसाबाट अवकाश ल...

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले यही माघ १८ गतेदेखि सर्वसाधारणका लागि जारी गर्ने भएको छ । कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका ला...

साताभर ७.६६ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

काठमाडौँ । यस साता नेप्से परिसूचक ७.६६ अंकले बढेर २६१५.०३ विन्दुमा आईपुगेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ७.६६ अंक बढेर २६१५.०३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। यस साता तीन कारोबार दिन नेप्से...

कान्छारामसहित ९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

काठमाण्डौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि सहित ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गत...