सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड, ५७ हजार २४३ जनाले हात पारे शेयर
काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँड गरेको हो । यस कम्पनीले माघ १८ गतेदेखि माघ २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
बिक्री अवधिभर आईपीओमा २४ लाख ५२ हजार ६०२ जनाले आवेदन दिएकोमा २४ लाख ११ हजार ९२२ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने अन्यको रद्द भएको छ।
मागभन्दा बढी मात्रामा आवेदन परेपछि गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा ५७ हजार २४३ जनाले मात्र आईपीओ हात पारेका छन्। यी मध्ये १ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा चार हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको...
अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए, अमेरिकी डलरको मूल्य घट्दा
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ ।
...शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ...



