आइतबार, १० साउन २०८३
नेपाली

ललितपुरमा श्रीमतीको हत्या गरेर प्रहरीमा आत्मसमर्पण

Main News Image

काठमाडौँ । ललितपुरमा एक श्रीमानले आफ्नी श्रीमतीको हत्या गरेर आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद पाख्रिन यसरी आत्मसमर्पण गर्न पुगेका हुन् । उनले टिकाभैरव प्रहरी चौकीमा गएर आत्मसमर्पण गरे । प्रहरीमा पुगेका विनोदले आफैंले आफ्नी श्रीमती २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेको स्वीकार गरेका थिए ।

उनले आफूले मदिराको नशामा रिस थाम्न नसकेर चिर्पटले हानेर श्रीमतीको हत्या गरेको बताए । प्रहरीले उनको सूचनाको आधारमा हत्या गरेर खाटमा सुताएको अवस्वामा शव बरामद गरेको छ । दुबै जनाले मदिरा पिएपछि विवाद हुँदा श्रीमतीको हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । घटना शुक्रबार बिहानको हो । हत्यापछि उनी मैले श्रीमती हत्या गरेँ भन्दै प्रहरी कार्यालय पुगेका थिए ।

mediabaaji add

सम्बन्धित खबर

एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि...

काठमाडौँ । ललितपुरमा बोरामा प्याक गरिएको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा अर्को एक व्यक्तिको पनि हत्या भएको खुलेको छ । हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव भक्तपुर–ललितपुर सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको हो...

वीरगञ्जमा आज दिउँसो १ बजेसम्म कफ्र्यु थप

वीरगञ्ज ।  वीरगञ्जमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कफ्र्यु आदेश थप गरेको छ । यसअघि सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु लागू गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार व...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक आईजीपीमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। वैशाख १९ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सशस्त...

न्याय माग्न सिंहदरबार पुगेका निहारिका र विनु यादव पाँच दिन हिरासतमा

काठमाडौँ । आफूहरू हिंसामा परेको भन्दै न्याय माग्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका निहारिका राजपुत र विनु यादवलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला प्...

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट चोरीको मोटरसाइकलसहित एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा सूर्यविनायक–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन् । बागमती प्रदेश ०२–०२९ प २...

वेदिका केसी पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको र चरित्रहत्या हुने अभिव्यक्ति दिएको आरोपमा अभियन्ता वेदिका केसी काठमाडौंको जोरपाटीबाट पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले कथावाचिका राधिका दासीको औपचारिक उजुरीका आधारमा बिहीबार...