ललितपुरमा श्रीमतीको हत्या गरेर प्रहरीमा आत्मसमर्पण
काठमाडौँ । ललितपुरमा एक श्रीमानले आफ्नी श्रीमतीको हत्या गरेर आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद पाख्रिन यसरी आत्मसमर्पण गर्न पुगेका हुन् । उनले टिकाभैरव प्रहरी चौकीमा गएर आत्मसमर्पण गरे । प्रहरीमा पुगेका विनोदले आफैंले आफ्नी श्रीमती २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेको स्वीकार गरेका थिए ।
उनले आफूले मदिराको नशामा रिस थाम्न नसकेर चिर्पटले हानेर श्रीमतीको हत्या गरेको बताए । प्रहरीले उनको सूचनाको आधारमा हत्या गरेर खाटमा सुताएको अवस्वामा शव बरामद गरेको छ । दुबै जनाले मदिरा पिएपछि विवाद हुँदा श्रीमतीको हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । घटना शुक्रबार बिहानको हो । हत्यापछि उनी मैले श्रीमती हत्या गरेँ भन्दै प्रहरी कार्यालय पुगेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
सत्यको खोजमा समर्पित पत्रकार जीवन शर्मालाई ‘खोजी पत्रकारिता सम्मान’
काठमाण्डौँ । खोज पत्रकारितामार्फत सामाजिक न्याय, सुशासन र जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै खोज पत्रकार जीवन शर्मा सम्मानित भएका छन्। नेपाली समाजका ओझेलमा परेका सत्य, उत्पीडित समुदायका पीडा तथा भुइँमान्छेका आवाजलाई...
प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या
जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...
राहदानीमा उमेर हेरफेर गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी पासपोर्ट बनाउँदा जन्ममिति सच्याएर उमेर घटबढ गराएको अभियोगमा झापाका सरकारी कर्मचारी र राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । इ...
चौबीस घण्टामा दुई हजार ७२२ जना कारबाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीले सञ्चालन गरेको चेकिङका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारीसाधन च...
वीरगञ्जमा आज दिउँसो १ बजेसम्म कफ्र्यु थप
वीरगञ्ज । वीरगञ्जमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कफ्र्यु आदेश थप गरेको छ । यसअघि सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु लागू गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार व...
सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
काठमाडौँ । मौन अवधिमा पैसासहित सिरहा क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र २०२००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति साढे १२ बजे...



