मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

धानको समर्थन मूल्य : प्रतिक्विन्टल मूल्य ३६ सय ६० रूपैयाँ

Main News Image

काठमाडौँ । सरकारले धान लगाउनु अगावै आगामी आर्थिक वर्षको लागि धानको न्यूनतम समर्थन मूल्य तोक्ने सकारात्मक निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै यो मूल्य निर्धारण गरेको हो, जसको जानकारी सरकारका प्रवक्ता सस्मित पोखरेलले दिए ।

यस निर्णय अनुसार आगामी आर्थिक वर्षका लागि मोटो धानको मूल्य प्रतिक्विन्टल ३६ सय ६० रूपैयाँ तोकिएको छ, जुन चालु आर्थिक वर्षको ३४ सय ६३ रूपैयाँको तुलनामा १९७ रूपैयाँले बढी हो। यसैगरी, मध्यम धानको मूल्य चालु वर्षको ३६ सय २८ रूपैयाँबाट २३२ रूपैयाँले बढाएर आगामी वर्षका लागि प्रतिक्विन्टल ३८ सय ६० रूपैयाँ कायम गरिएको छ ।

सरकारले यस पटक खेती सुरु हुनुभन्दा अगावै समर्थन मूल्य तोकिदिएकाले किसानहरूलाई आफ्नो उत्पादनको उचित मूल्य सुनिश्चित गर्न र खेतीको योजना बनाउन ठूलो मद्दत पुग्ने देखिन्छ ।


mediabaaji add

सम्बन्धित खबर

बुढानीलकण्ठदेखि गोदावरीसम्म साइकल लेन बनाउने मेयर्स फोरमको निर्णय

काठमाण्डौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले बुढानीलकण्ठदेखि गोदावरीसम्म साइकल लेन बनाउने निर्णय गरेको छ । उपत्यकालाई स्मार्ट सिटी बनाउन अन्तरपालिका जोड्ने साइकल लेन निर्माण गर्ने निर्णय गरिएको मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबा...

डलरको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको भाउ पनि बढ्यो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा काय...

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

काठमाण्डौँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१ दशमलव पाँच मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो ।

यहाँ...