मङ्गलबार, २३ भदौ २०८३
नेपाली

सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा

Main News Image

काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बोनस शेयरको मूल्य ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबर हुनेछ । उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ । लाभांश प्रस्ताव अनुमोदन गर्न कम्पनीले असोज १ गते बिहान ११ बजे काठमाडौंस्थित होटल इम्पेरियल मा १७औँ वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न सक्नेछन् ।


mediabaaji add

सम्बन्धित खबर

नेप्सेमा २७.६४ अंकको गिरावट, ५ अर्ब १५ करोडमा सीमित

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२२ कम्पनीको १ करोड ३४ लाख ३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड माथिको सेयर कारो...

भेरी-बबई आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने : १३२ केभी प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत। राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको छ ।

आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्...

प्रभु बैंकमा बैंकिङ् कसुर — सीईओ शेरचनसहित तीन वरिष्ठ अधिकारी पक्राउ

काठमाडौँ — नेपाल प्रहरीको Central Investigation Bureau (सीआईबी) ले आइतबार (मंसिर १४, २०८२) बिहान कात्तुस्थित Prabhu Bank का प्रमुख कार्यकारी अधिकृत (CEO) अशोक शेरचन र अन्य दुई वरिष्ठ अधिकारीलाई बैंकिङ् कसुरको आरो...

बजारमा ग्यास अभाव हुँदैन : निगम

काठमाडौँ । नेपालमा आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइसकेकाले अभाव नभएको जनाएको छ । भारतको बरौनी रिफाइन केन्द्र मर्मत गर्न एक हप्ता बन्द भई टाढा रहेको पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आपूर्ति गर्दा समय लाग्ने हुँदा कम भई...

चुनावका लागि जनकपुर-जयनगर रेल सेवा ३ दिन बन्द गरिने

काठमाण्डौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै जनकपुर-जय...

राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकाका लागि बाहिरैबाट ग्यास भर्न थालियो

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि सङ्घीय राजधानी काठमाडौँ बाहिरका उद्योगहरूमा खाना पकाउने ग्यास भरेर उपत्यका पठाउन थालिएको छ । ग्यास बोकेका बुलेटहरू मुख्य राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ छिर्न नसकेपछि बाहिरका प्लान्टहरूमा सिलिन्डर...