सुन्तलीको बिलौना: मानसिक रुपमा विक्षिप्त श्रीमान्लाई हेरौँ कि छोरीको उपचार गरौँ ?
काठमाडौँ । कलाकार कुञ्जना घिमिरे सुन्तलीले आफ्नो पारिवारिक पीडा सामाजिक सञ्जालमा सेयर गरेकी छन् । चितवनस्थित क्रिकेट रंगशाला निर्माण गर्ने योजनाका साथ अघि बढेका श्रीमान् सीताराम कट्टेल धुर्मुस मानसिक रुपमा विक्षिप्त भएको र छोरी शुविहानीको लगातार उपचार चलिरहेको खुलाएकी छन् ।
सुन्तलीका अनुसार छोरी शुविहानी जन्मेको १६ दिनमै मेनेन्जाइटिसको शिकार बनेका कारण घुँडाको हड्डीमा समेत इन्फेक्सन भएको र उनको उपचार लगातार चलिरहेको भन्दै उनले हालै पाटन हस्पिटलमा एक महिना उपचार गराएर फर्किएको जनाएकी छन् । कुञ्जनाले रंगशालाका कारण आफ्नो पारिवारिक जीवन तनावपूर्ण बनाएको, दोस्रोपटक आमा बन्नबाट खोसेको उल्लेख गर्दै सरकारले छुट्याएको बजेट निकासा गर्नलाई एउटा हाकिमलाई के ले अप्ठ्यारो बनायो ? भनि प्रश्न पनि गरेकी छन् । उनले लेखेकी छन्, ‘रंगशाला डेढ दिनमा लिन भ्याउने, त्यो बनाउँदा बाँकी रहेको तिरो चाँही तिर्न नपर्ने ? कस्तो अपराध गरेछौं नी हामीले’
उनले लेखेकी छन्,
घरी यताबाट पत्र, घरी उताबाट पत्र गरेर ५ वर्ष एउटा परिवारको जीवन अलपत्र पारेर सकाइदियोले। अझ फेरि अर्को पत्र चाहियो रे , आजसम्म यहाँहरू कसैलाई थाहा नभएको आफ्नो व्यक्तिगत समस्या सकभर नभनु भन्दा पनि भन्नै पर्ने अवस्था आयो । शुविहानीको उपचार जन्मेको १६ दिनदेखि म्यानेन्जाइटिस् जस्तो प्राणघातक रोगको शिकार भई सँगसँगै घुँडाको हड्डीमा समेत इन्फेक्सन भएर एउटा खुट्टाको घुँडाको कुर्कुरे हड्डी खाइसकेर उसको हाइट जति समयसम्म बढ्छ त्यति समयसम्म डाक्टरको निगरामी राखेर गर्नुपर्ने लामो समयसम्मको उपचारको नतिजा लिएर पाटन हस्पिटलको एक महिनाको बसाई सकेर घर फर्केका थियौं । हामी १२ वर्ष अगाडि। समाजिक कामसँगै छोरीको स्वास्थ्य रेखदेख हामी र हाम्रो दिदी भेनाले गर्दै नै आएका थियौं ।
आज छोरी १२ वर्षको पुगेर अब फाल्गुनमा १३ लाग्छिन् । उनको पहिलो रजस्वला हुने समय भइसक्यो र अब उनको हाइटको ग्रोथ कसरी हुन्छ भन्नै सकिँदैन । अहिले शुविहानीको दाहिने खुट्टा देब्रे खुट्टा भन्दा ७ सेन्टिमिटर सानो छ। उनी ४ वर्षको हुँदा उनको दाहिने खुट्टा छड्के भएर नबढोस् भनेर साइडबाट बढ्ने हड्डी रोक्न दाहिने घुँडामा अप्रेसन गरेर भित्र स्टिल राखिएको थियो । जुन स्टिल निकाल्न अनि छोटो खुट्टाको हड्डी तन्काउने उपचार गर्न ३,४ वर्षै ढिला भइसकेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
धनुषा घटनाको विरोधमा वीरगञ्जमा तनाव, प्रहरीद्वारा अश्रु ग्यास प्रहार
वीरगन्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तन...
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकोप्रति आपत्ति
काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ । एशोसियसनले आज एक विज्ञप्ति जारी गरी मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक...
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको उद्घाटन : देशको पहिलो आधुनिक सडक सुरुङ सञ्चालनमा
काठमाडौँ । नेपालको पहिलो आधुनिक तथा व्यावसायिक सडक सुरुङमार्गको रूपमा रहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ । आयोजना स्थलमा आयोजित विशेष समारोहका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी...
महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना : एक जनाको मृत्यु
धादिङ । थाक्रे गाउँपालिकास्थित महादेवबेंसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश ३,०१००६ ख १५५२ नम्बरको बस आज...
विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
काठमाण्डौँ । बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराउनुभएको छ । करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारीखेती गर्दै आउनुभएका उहाँले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाउनुभएको छ...
आज महा शिवरात्री : पशुपतिका चारै ढोका खुला, दर्शनका लागि तीनवटा लाइन
काठमाण्डौँ । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस...



