आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आइतबार मौसम मुख्यतया सफा रहने तथा थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ ।
आज राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ । आइतबार र सोमबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आइतबार कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भारी वर्षाको जोखिम : बैतडी र दार्चुलामा २४ घण्टाका लागि सवारीसाधन सञ्चालनमा रोक
बैतडी । लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम उच्च भएपछि सुदूरपश्चिमका दुई पहाडी जिल्ला बैतडी र दार्चुलामा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिक...
देशैभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने
काठमाडौँ । हाल देशभर मनसनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । यसकै प्रभावका कारण कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागे...
बीपी राजमार्ग : स्थायी पुनर्निर्माणको दौडधुपबीच वर्षात् र पहिरोको चुनौती कायमै
बनेपा । लगातारको वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बीपी राजमार्गको खुर्कोट(भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ । अवरोध हटाउने कार्य सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अ...
‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन
काठमाडौँ । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र इन्स्टिच्युटबाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनल...
नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र लाइसेन्सको छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको...
आज देशभर बादल लाग्ने, मध्यम वर्षारहिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूम...



