इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सुझाव
काठमाडौँ । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले हाँडीगाउँमा आयोजना गरेको ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरणको प्रयोग गर्न सुझाव दिएका हुन् ।
वातावरणविद् भुषण तुलाधरले घरमा हुने वायु प्रदूषण घटाउन भान्सामा ग्यासको सट्टा विद्युत् प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले प्लास्टिकलगायतका फोहर नजलाउन, औद्योगिक क्षेत्र र धेरै प्रदूषण हुने स्थानमा जाँदा तथा हिँडडुल गर्दा मास्कको प्रयोग गर्न सुझाव दिए । वातावरणविद् शिलशिला आचार्यले परम्परागत ज्ञान र सीपलाई आधार मानेर अभ्यासमा ल्याउन सके वातावरण संरक्षणमा टेवा पुग्ने धारणा राखिन् । उनले वातावरणलाई स्वास्थ र समाजसँग जोडेर अघि बढ्न आवश्यक रहेको बताइन् ।
एक्सप्रेस
सम्बन्धित खबर
विपिन जोशीको शव आज काठमाडौं आइपुग्ने
काठमाडौँ । विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज नेपाल ल्याइँदै छ । जोशीको शव फ्लाई दुबईको उडानमार्फत दिउँसो २ः३५ बजे काठमाडौं आइपुग्ने छ । पार्थिव शरीरको सम्मानपूर्वक स्वागत तथा स्थान...
उपल्लो मुस्ताङका हिमतालमा अनुगमन : तत्काल विपद्को जोखिम नरहेको निष्कर्ष
मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल विस्फोट तथा बाढीको जोखिमबारे स्थलगत एवं ड्रोन प्रविधिमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको सरोकारवाला अधिकारीहरूल...



