सुधन गुरुङको नागरिकता नक्कली भएको भन्दै छानबिन गर्न माग
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पदाधिकारी बैठकले हामी नेपालका संयोजक सुधन गुरुङको नागरिकताको सत्यता छानबिन गर्न सरकारसँग माग गरेको छ । संघका प्रवक्ता निरोज पौडेलले भने, ‘सुधन गुरुङको नागरिकता सक्कली हो कि नक्कली हो ? यसको छानबिन गरेर सरकारले १ हप्तामा सार्वजनिक गरोस् । हामीले अल्टिमेटम दिएको छौँ । यदि सरकारले गरेन भने युवासंघले खोजेर प्रहरीमा जिम्मा लगाएर कानुनी प्रक्रियामा ल्याउनेछ ।’
संघका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण र आगामी रणनीतिबारे निर्णय समेत गरेको छ । साथै, जेनजी आन्दोलनले क्षति पुर्याएको पार्टी अध्यक्ष केपी शर्मा ओलीको घर नयाँ निर्माण गरी तेह्रथुम आठराईबाट पुनः निर्माणको अभियान सुरुवात गर्ने पनि बैठकले निर्णय गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क गर्ने नेमकिपाको घोषणा
भक्तपुर । शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क गर्ने नेपाल मजदुर किसान पार्टी नेमकिपाले घोषणा गरेको छ । आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि आइतबार पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै यस्तो उल्लेख गरेको हो । आज नेमकिपाको केन्द्रीय निर्वाचन...
कांग्रेस विशेष महाधिवेशन: प्रतिनिधि नाम दर्ता दोस्रो दिन पनि जारी, आज बन्दसत्र
काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशन मा प्रतिनिधि नाम दर्ता प्रक्रिया आज पनि जारी छ। आइतबार दर्ता गर्न छुटेका प्रतिनिधिका लागि बिहानैदेखि पुनः दर्ता खोलिएको हो । आयोजकका अनुसार पहिलो दिन मात...



