यस्तो छ तीन चलचित्रको व्यापार
काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।
साथै अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ले रु तीन करोड ९० लाख व्यापार गरेको छ। दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ले रु दुई करोड ८५ लाख व्यापार गरेको छ । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...
‘लालीबजार’ प्रदर्शनमा रोक : बादी समुदायको अपमान आरोपपछि अदालतको अन्तरिम आदेश
काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएको छ । बादी समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले वैशाख २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
...गायिका दीपिकाको नयाँ गीत ‘पातली डन’ सार्वजनिक
काठमाडौँ । गायिका दीपिका पौडेलको नयाँ गीत ‘पातली डन’ सार्वजनिक भएको छ । दीपिकाको स्वर र थेगो रहेको गीतमा कृष्ण समीप सुवेदीको शब्द तथा संगीत रहेको हो। फिचरिङ पनि सुवेदीकै रहेको छ। गीतको भिडियोमा सुरेश खोली, जुना विश्वकर्मा र दीपिका पौडेलको अभिनय रह...
पशुपतिनाथ आरतीमा फिल्म प्रचार, सामाजिक सञ्जालमा विवाद
काठमाडौँ । पशुपतिनाथ मन्दिरको साँझको आरतीअघि फिल्म ‘आई एम जित बहादुर’को प्रचार गरिएको विषयले विवाद उत्पन्न गरेको छ । पुरुषोत्तम महिनाको अन्तिम दिन आयोजित आरतीमा फिल्मका कलाकारहरू जितु नेपाल, प्रियंका कार्की र वर्षा राउतसहितको टोली सहभागी भएको थियो...
उत्तम–निरुता फेरि सँगै, ‘सारथी’को छायांकन म्याग्दीबाट सुरु हुँदै
काठमाडौँ । निर्देशक कुमार गजुरेलको पहिलो निर्देशनमा बन्न लागेको फिल्म ‘सारथी’को शुभमुहूर्त सम्पन्न भएको छ । काठमाडौँस्थित भद्रकाली मन्दिरमा पूजा गरी निर्माण टिम छायांकनका लागि म्याग्दी पुगेको हो ।
वैशाख ९ गतेदेखि गुर्जा खानी आसपासका क्षेत्रम...
‘धुरन्धर’ को पटकथा चोरी मुद्दामा आदित्य धरलाई राहत
काठमाण्डौँ । फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धरस् द रिभेन्ज’ मा पटकथा चोरीको आरोपमा फिल्म निर्माता सन्तोष कुमारलाई बम्बई उच्च अदालतले राहत दिएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धर, द रिभेन्ज’ मा प...



