मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु
काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् ।
धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरुको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएको बताए। “गतहप्ता आएको टोलीले पहिलो चरणमा तामाखानी भएको ठाउँको निरीक्षण गरेको थियो”, उनले भने “टोलीले खानी भएको ठाउँसम्म जाने पहुँचमार्ग निर्माणका लागि पनि छलफल गरेको छ ।”
खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताए । स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकामा खुसी व्यक्त गरेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए । उनका अनुसार मच्छिमको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो ।
प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताए । तामाखानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ । छन्त्याल समुदायको पुर्ख्यौली पेसा खानी खन्ने हो ।
एक्सप्रेस
सम्बन्धित खबर
समस्यालाई अवसर बनाउँदै इरान, युद्धको आडमा अरबौं डलर कमाइ
काठमाडौँ । इरानले अमेरिका र इजरायलसँगको युद्धलाई अवसरमा परिणत गरेको छ । अमेरिकाले खार्ग इरानको टापु नजिकैको सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो, तर विश्वव्यापी तेल संकटको डरले तेल टर्मिनललाई प्रत्यक्ष रूपमा निशाना बनाएको थिएन। यसको फाइदा उठाउँदै,...
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, चाँदीको भने नयाँ रेकर्ड
काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा किनबेच भइरहेको छ । यता, चाँदीको मूल्य पनि तोलामा ६० र...
प्रधानमन्त्रीको चासोपछि बन्द भएका चिया उद्योग पुनः सञ्चालन
काठमाडौँ । भारतले चिया निर्यातमा गरेको कडाइका कारण विगत केही दिनदेखि बन्द रहेका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । सरकारले उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गर्ने आश्वासन दिएपछि असार १ र ४ गतेदेखि बन्द भएका उद्योगह...
नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्...
महिला लघुवित्तको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ५३७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता शेयर लिलामीमा...
राष्ट्र बैंकले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने
काठमाडौँ । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । क...



