सेयर बजारमा भारी गिरावट, ९ अर्बमा झर्यो कारोबार
काठमाडौँ । बिहीबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचक ३३.८३ अंकले घटेर २,८३३.०३ विन्दुमा बन्द भएको छ, जुन १.१८ प्रतिशतको कमी हो । आज कुल २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३१ करोड २८ लाख ६१ हजार रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीहरूमध्ये ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ कम्पनीको घटेको छ । तीन कम्पनीको शेयर मूल्य भने यथावत् रहेको छ ।
आज सबैभन्दा बढी कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ । जसको कारोबार रकम ६१ करोड ८० लाख रुपैयाँ नाघेको छ । त्यसैगरि नेशनल हाइड्रोपावरको ५५ करोड ५९ लाख, एसवाइए प्यनलको ५१ करोड ६० लाख रुपैयाँ, सोलु हाइड्रोपावरको ३२ करोड ४० लाख रुपैयाँ र रिडी पावरको ३१ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
काठमाडौँ । सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ । सङ्घले गत सोमबारदेखि सस्ता इन्टरनेट प्याकेज उपलब्ध गराउन...
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? जान्नुहोस् आजको आधिकारिक दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिद...
नगद कारोबारको सीमा ५ लाख कायम, १० लाखको व्यवस्था खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्ने व्यवस्था गरेको हो । यसअघि १० लाखसम्म रहेको नगद कारो...



