एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक आज बस्दै
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ । डिसेम्बर ५ तारिख शुक्रवार बिहान ९ बजे बैठक बस्ने जनाइएको छ । गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका दुई समूह महेश कुमार श्रेष्ठ र डा। बद्री केसी पक्षबिच एकता भएको थियो । एकतापछि ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ । उक्त कमिटीमा रहने १० जनाको नाम सार्वजनिक भइसकेको छ भने एक जनाको नाम चाँडै सार्वजनिक हुने बताइएको छ ।
पहिलो बैठकमा संघको काम कारबाहीलाई चुस्त दुरुस्त पार्ने र सहमति अनुसार १२ औँ महाधिवेशनका विषयमा पनि छलफल हुने छ । स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ, डाक्टर बद्री केसी, विनोद कुँवर, आरके शर्मा, विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम र भवानी ओली रहेका छन् । एकतापछि अहिले एनआरएनएले राष्ट्रपतिसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग आफ्ना मुद्दाहरूका विषयमा छलफल एवं पैरवी गर्दै आएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
ललितपुर । ललितपुरको जावलाखेलस्थित ऐतिहासिक सदर चिडियाखाना बर्डफ्लु संक्रमण नियन्त्रणमा आएसँगै आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ । गत असार ५ गते चिडियाखानाभित्र रहेका काग, गिद्ध र हाँसलगायतका पक्षीहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि सुरक्...
भोलि महाशिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ ? एक पटक ट्राफिक व्यवस्थापनको नियम हेर्ने की ?
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वको तयारी पूरा भएको छ । पशुपति क्षेत्रमा रङरोगनदेखि सरसफाइ गरिएको छ । साधु-सन्तहरुको बाक्लो उपस्थिति भइसकेको छ । प्रहरीले पनि पर्वको अवसरमा हुने भिड व्यवस्थापनको योजना बनाइसकेको छ...



