मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

प्रधानमन्त्रीको विवादित बयान लगत्तै सुस्तामा एसएसबीको अवरोध

Main News Image

नवलपरासी । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले राजनीतिक वृत्त तातिरहेका बेला सीमावर्ती क्षेत्र सुस्तामा त्यसको प्रत्यक्ष ‘साइड इफेक्ट’ देखिएको छ । प्रधानमन्त्रीको सम्बोधन लगत्तै नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा भारतीय सशस्त्र सीमा बल एसएसबी प्रवेश गरी निर्माणाधीन तटबन्धको काम रोकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १४ करोड रुपैयाँ लागतमा नारायणी नदी किनारमा बनिरहेको तटबन्धको ८० प्रतिशत काम सकिएका बेला हतियारधारी भारतीय सुरक्षाकर्मीले अवरोध सिर्जना गरेका हुन् ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार आइतबार साँझ ४०–५० जनाको संख्यामा आएका भारतीय सुरक्षाकर्मीले काम रोक्न चेतावनी दिएका थिए । स्थानीय जनप्रतिनिधि र ‘सुस्ता बचाउ अभियान’ का अभियन्ताहरूले यसलाई प्रधानमन्त्रीको अदूरदर्शी अभिव्यक्तिको परिणाम मानेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेद्वारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ ।

निर्व...

देश विकास पार्टीको नेतृत्व गर्दै बालेन, लौरो चिन्हबाटै झापामा केपी ओलीसँग चुनाब लड्ने

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टी बनाउने भएका छन् । उनले देश विकास पार्टीको पुनर्गठन गरेर पार्टीको नेतृत्व गर्ने र चुनाबमा जाने तयारी गरेका हुन् । केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर चुनाबमा जाने विषयमा रास्वपा...

बागमती प्रदेशमा मन्त्रालयको संख्या आधा घटाउने तयारी

बागमती । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको संख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ । प...