प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलका लागि बोलाएका छन् ।बुधबार बिहान ९ बजे प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्नको लागि उनले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहरूलाई बोलाएका हुन् । दलका प्रतिनिधिहरूलाई छलफलमा आउँदा पार्टीको आधिकारिक धारणा लिएर आउन पनि भनिएको छ । दलहरूसँगको धारणा लिएपछि पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन, सर्वोच्च बारलगायतका पदाधिकारीसँग छलफल गर्ने सभामुखको तयारी छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ ७ बजे अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री शाहको न्युयोर्क प्रस्थानसँगै उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्...
सुहाङ एमाले केन्द्रीय केन्द्रीय सदस्यमा विजयी
काठमाडौं । सुहाङ नेम्वाङ नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट उनी १७ सय २१ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ । काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो । सम्मेलनमा एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्...
काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’ संकेत
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मतगणना जारी रहँदा काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारहरूले अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामले काठमाडौंमा रास्वपाको पक्षमा उल्लेखनीय लहर देखिएको छ ।...
मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति
काठमाडौँ । फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् ।
सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा,...
आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान
काठमाडौँ । जेन्जी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।



