सोपान फर्मास्युटिकल्सको आईपीओ भोलि बाँडफाँड हुने, ३ लाख ४७ हजारले पाउनेछन् शेयर
काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओ बिहिबार बिहान ९ बजे आईपीओ बाँडफाँडको तयारी गरेको हो । आईपीओमा २९ लाख १४ हजार ४४३ जनाले आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्कासन गरेको थियो ।
उक्त आईपीओमा मागभन्दा उल्लेख्य बढी आवेदन परेसँगै अब धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट शेयर वितरण गरिनेछ । कुल आवेदकमध्ये ३ लाख ४७ हजार ४९० जनाले मात्र १० कित्ताका दरले शेयर हात पार्नेछन् । बाँकी करिब २५ लाख ६६ हजार आवेदकको हात खाली हुने देखिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
शुक्रबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैया...
काठमाडौँ ढाका नियमित उडान गर्ने तयारी
काठमाडौँ । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बंगलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि ब...
एकैदिन ५६ व्यावसायिक फर्ममा अनुगमन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार काठमाडौंका विभिन्न स्थानमा एकैदिन ५६ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ । खाद्य पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्ने फर्म, पसल तथा व्यावसायिक प्रतिष्ठानहरूमा विभाग...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन...
सामान्य अंक बढेर बन्द भयो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज...



